25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चद्वारा रक्तदान, ८४ प्वाईन्ट रगत संकलन

यानबी साहु
प्रकाशित मितिः बुधबार, फाल्गुन ७, २०७६  

कोहलपुर/   ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरम बृहत रक्तदान कार्यक्रम गरिएको छ । कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ७७ पुरुष र ७ जना महिला गरी ८४ जनाले रक्तदान गरेको अनेरास्ववियु बागेश्वरी क्याम्पस ईकाइ कमिटीका अध्यक्ष हेमन्त भट्टराईले जानकारी दिए ।नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँके जिल्ला कार्यालय सदस्य रत्न खत्रीको प्रमुख आतिथ्यता तथा सुर्य ढकालको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा ८४ प्वाईन्ट रगत संकलन भएको भट्टराईले बताए ।कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष अमृत खत्रीको सभापतित्वमा भएको कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य खेमराज शर्मा, कुश्माखर बस्याल, बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति दिनेश केसी, क्षेत्रिय सभापति सुमन घिमिरे, नगर युवा सञ्जालका अध्यक्ष रमेश मिजार, क्याम्पसका प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ७, २०७६     4:13:01 PM  |