19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पत्रकारलाई लाइसेन्स चाहिँदैन : गोबिन्द आचार्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १४, २०७६  

काठमाडौं ।  नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता गर्न लाइसेन्स चाहिने व्यवस्था गर्न नहुने बताएका छन् ।

संसदको विधायन समितिले मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारलाई लाइसेन्स लिने चाहिने प्रावधान प्रस्ताव गरेपछि आचार्यले यस्तो प्रतिक्रिया दिएका हुन ।

‘राजनीति, समाजसेवा, पत्रकारितालगायत अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा लाइसेन्स चाहिँदैन’ अध्यक्ष आचार्यले भने, ‘नागरिकले जुनसुकै माध्यमबाट अभिव्यक्ति सार्वजनिक गर्न पाउनुपर्छ ।’

विधेयकमा भएका जरिवाना हटाउने, काउन्सिल गठनलगायतका केही प्रावधानमा सकारात्मक परिवर्तन भएको आचार्यको भनाइ छ । उनले आफूहरूले उठाएको माग आशिंक रुपमा सम्बोधन भएको बताए । #अनलाइनखबरबाट

प्रकाशित मितिः मङ्लबार, माघ १४, २०७६     5:02:44 PM  |