25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

सरकारले एमसीसी मान्दैनःगृहमन्त्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १०, २०७६  

चेत नारायण पाण्डेय

सुर्खेत, १० माघ

गृहमन्त्री राम बहादुर थापाले नेपाल सरकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नमान्ने बताएका छन् । गृह मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा सहभागी हुन शुक्रवार सुर्खेत आएका मन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा)को कार्यालमा भएको राष्ट्रिय सभामा बिहीवार बिजयी भएका नेकपाका उमेद्धारको बधाई कार्यक्रमलाई  सम्बोधनका क्रममा  नमान्ने बताएका हुन् ।

उनले केही दिन अघि बसेको बैठकले एमसीसीको बिषयमा आधिकारिक धारणा बनाएको भन्दै सरकारले समेत पार्टीको आधिकारिक धारणा मान्ने बताए ।गृहमन्त्री थापाका अनुसार अमेरिकाले बारम्बार फरक अभिव्यक्ति दिएका कारण नेपाल सरकारको एकिन धारणा नआउँदा सम्म कुनै सम्झौता  हुनेछैन ।

फरक प्रसंगमा नेपाल र भारत बीच लिपियाधुरा देखि लिपुलेक सम्मको करिब ४ सय बर्गमिटरको क्षेत्रफललाई लिएर बिवाद भएको भन्दै कालापानीबाट भारतीय सेना फिर्ता नहुँदा सम्म कुनै किसिमको बार्ता नगररिने पनि स्पष्ट पारे  ।

भारतमा भाजपा र नेपालमा नेकपाको स्थायी सरकार भएको भन्दै दुबै सरकारले चाँसो दिएर यो मुद्धा समयमै समाधान गरिनु पर्नेमा उनले जोड दिएका छन् ।

त्यस्तै नेपाल सरकारले प्रदेशका लागि प्रहरी ऐन ल्याएको र त्यसको प्रमाणीकरण हुन केही समय लाग्ने  बताएका छन् ।  सबै प्रदेशलाई प्रदेश प्रहरी ऐन ल्याउनको लागि नहतारिन समेत आग्रह गरेका छन् ।यसैगरी कर्णालीमा अथक पर्यटनको सम्भावना भएको भन्दै त्यसैको प्रचार–प्रसार गर्न सके मात्रै कर्णाली समृद्ध हुने दाबि गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, माघ १०, २०७६     7:12:36 PM  |