25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बैजनाथ गाउँपालिकाको हिउदे अधिबेसन, साढे ५ करोड बढी पुरक बजेट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६  

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाले हिउदे अधिबेसनबाट पुरक बजेट ल्याएको छ । गाउँपालिकाको हिउदे अधिबेसनबाट मंगलबार साढे पाँच करोड बढी बजेट ल्याईएको हो । हिउदे गाउँसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक शारदा रेग्मी विकले गरेको प्रस्तावबाट पुरक बजेट सर्वसहमत रुपमा पारित गरिएको हो । गत आार्थिक वर्षमा सम्पन्न रहेका योजना र मौज्जात बजेटबाट ५ करोड ६९ लाख ४ हजार ५ सय ९ रुपैयाको रुपैयाँको बजेट ल्याईएको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाको कुल बजेट ६० करोड २२ लाख ५९ हजार रहेको छ । यस्तै गाउँपालिकामा आपत्तालिन रुपमा आई पर्ने समस्या समाधान तथा सहयोगको लागि हिउदे गाउँ सभाबाट १० लाख २६ हजार ५ सय रुपैयाँ म्याचिङफन्टको रुपमा राखिएको उपाध्यक्ष शारदा रेग्मी विकले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकामा तत्कालिन सञ्चालन गर्ने योजना र आयोजना सम्पन्न गर्न सहयोग होस भन्ने उद्देश्यले पुरक बजेट ल्याईएको हो । यस्तै गाउँपालिकाले सञ्चालन गर्ने साझेदारी कार्यक्रम गर्नको लागि कुल ४० वटा योजना पास भएको उनले जानकारी दिईन् । ती योजना मध्ये जनतासँग जनप्रतिनिधि, बाख्रा पकेट क्षेत्र, छाडा पुश चौपाय व्यवस्थन रहेका छन् भने सडक कालोपत्रे, विद्यालयमा सेनिटरी प्याड लगयात योजना रहेका छन् ।

‘पुरक बजेटबाट अधुरा योजना सम्पन्न गर्न सहयोग गर्छ’उनले भनिन्,‘ गाउँपालिकाको समृद्धीसँग जोडिएका महत्वपुर्ण योजनाको लागि सघाउ पुग्नेछ ।’ यस्तै गाउँपालिकामा जनता र जनप्रतिनिधि बीचको सम्बन्ध,विकास निर्माण र जनप्रतिनिधिहरुको जनता प्रतिको बफादारिता लगायतका विषयमा स्थानीय र सरकारका प्रतिनिधि बीच सम्बन्ध स्थापित गर्नको लागि जनतासँग जनप्रतिनिधि कार्यक्रम ल्याईएको जानकारी दिईन् । यस्तै हिउदेँ गाउँ सभामा बोल्दे सदस्यहरुले गाउँपालिका समृद्धी र जनतामा सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको अनुभूति दिलाउनको लागि सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले हिउदेँ गाउँ सभाले शंसोधन बजेटको रुपमा विकास निर्माणका कार्यलाई तिव्रता दिनको लागि पुरक बजेट ल्याएको हो । आगामी दिनमा बजेट कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिने उनले बताएका छन् । शाहीका अनुसार चालु आवको अन्त्य सम्म गाउँपालिकाले लिएको लक्ष्य अनुसार गौरवका योजना सहित दैनिक जीवनसँग जोडिएको सेवा प्रवाहको लागि गाउँपालिका सक्रिय रुपाा लागि रहेको छ ।सूचना अधिकारी तप्तराज आचार्यका अनुसार हिउदेँ गाउँ सभा पौष २७ गते सुरु भएको थियो । तीन दिन सञ्चालन भएको सभा माघ सात गते गाउँपालिका समृद्धीका लागि महत्वपुर्ण निर्णय र पुरक बजेट पारित गर्दै सम्पन्न भएको हो ।

प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६     8:53:19 AM  |