18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कोहलपुरमा जारी पर्यटन महोत्सव –२०७६, महोत्सव समापन आज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ ८, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव २०७६ आज समापन
हुदैछ । पुस २४ गते बाट सुरु भएको महोसत्सवको आज समापन गरिने भएको हो । यस अघि माघ ५ गते सकिने भनिएपनि बीचमा वर्षाका कारण रोकिएको महोत्सवको समय पछि तीन दिन थप सञ्चालन भएको थियो ।

महोत्सव मुल आयोजक समितिका संयोजक हेमविक्रम जिसीले प्रदेश पाँचका भूमि,व्यवस्था, कृषि तथा सहरकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम गरिने बताए ।

उनका अनुसार अन्तिम दिन स्थानीय कलाकारहको प्रस्तुती सँगै समापन गरिने छ । समापन कार्यक्रम १ बजेबार सुरु हुने संयोजक जिसीको भनाई छ ।समापनको क्रममा प्रतिगिता अवधीभर भएका विभिन्न प्रतियागिता तथा सहयोगीहरुलाई धन्यावाद, प्रमाण पत्र वितरणको कार्यक्रम रहेको आयोजक नेपाल साना उद्योग तथा घरेलु महासंंघ कोहलपुर समितिले जनाएको छ ।

करिब २ साता सञ्चालन भएको महोत्सव १ लाख जना दर्शकले अवलोकन गरेको अनुमान गरिएको छ । महोत्सव अन्र्तगत मंगरलबार जनगायक जीवन शर्मा, चर्चिच गायक चन्द्र शर्मा र बिन्दु परियारले लगायत स्थानीय कलाकारले प्रस्तुती दिएका थिए । महोत्सव अवधिभर ३ दर्जन बढी राष्ट्रिय कलाकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, माघ ८, २०७६     9:27:00 AM  |