25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

बाँकेमा अपराधिक घटनामा वृद्धि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ ३, २०७६  

कोहलपुर/  विगतका वर्षहरुको तुलनामा पछिल्लो पाँच वर्षको अवधिमा बाँकेमा अपराधिक घटनामा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार सार्वजनिक गरेको पञ्च वर्षीय अपराध तथ्याङ्कअनसार विगतका वर्षभन्दा ११ प्रतिशतले अपराधिक गतिविधि बढेको देखाएको हो ।

चालू आर्थिक वर्षको अर्धवार्षीक समिक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७१ देखि २०७५ सम्म विभिन्न शिर्षकमा दर्ता भएका अपराधका घटनाहरुको तालिका सार्वजनिक गरिएको थियो । सार्वजनिक तालिका अनुसार ०७०÷७१ मा ७ सय ३८, ०७१÷०७२ मा ७ सय ३५, ०७२÷०७३ मा ८ सय ५५, ०७३÷०७४ मा एक हजार २१ र ०७४÷०७५ मा एक हजार एक सय, ५६ वटा मुद्दा दर्ता जानकारी गराएको छ । दर्ता भएका मुद्धामध्ये सबैभन्दा बढि लागु औषधका २ सय ४९, सार्वजनिक शान्ति विरुद्धको कसुरका १ सय ४९ र बैंकिङ कसुका १ सय २२ रहेका छन् ।

यस्तै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ सय २३ वटा मुद्धा दर्ता भएका छन् । गत साउनदेखि पुष मसान्तसम्म ६ सय २३ मुद्दा दर्ता भएकोमा ५ सय ६९ मुद्धा फच्यौट भएको र बाँकी ५४ वटा मुद्धा अनुसन्धानको क्रममा रहेको बाँकेका प्रमुख प्रहरी प्रहरी उपरीक्षक बिर बहादुर वलीले जानकारी दिए ।

यस अवधिमा लागु औषध मुद्धामा १ सय ८, जवरजस्ती करणीमा २७, ज्यान मार्ने उद्योग अन्तर्गत १८, जवरजस्ती करणी उद्योगमा ७, कर्तब्य ज्यान मुद्धामा ६, बैंकिंङ कसुरमा ६ र हातहतीयार खजानामा ४ जना बिरुद्ध मुद्धा दर्ता गरीएको छ । पछिल्लो समय मुद्धा दर्ता गर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, माघ ३, २०७६     9:46:31 PM  |