18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कोहलपुरको सुरक्षा व्यवस्था कडा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर २३, २०७६  

कोहलपुर ।
आईतबार भएको सडक दुर्घटनालाई लिएर सोमबार पनि आन्दोलन चर्किएको छ । सोमबार विहानैदेखि कोहलपुरमा विभिन्न पक्षले प्रदर्शन गरिहेका छन् ।

आन्दोलन हुन सक्ने भन्दै कोहलपुरको सुरक्षा व्यवस्थमा निकै कडा पारिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले ठूलो संख्यामा कडाई गरिहेको छ ।

एक स्कुले छात्राकलाई टकले ठक्कर दिएको घटनालाई लिएर कोहलपुर आईतबार देखि नै अस्तव्यस्त भईरहेको छ । शैक्षिक सस्था पुर्ण रुपमा बन्द छन्

भने व्यापार व्यवसाय समेत प्रभावित बनेको छ । आईतबारको प्रर्दशनमा ३० जना बढी घाईते भएका थिए ।

प्रकाशित मितिः सोमवार, मंसिर २३, २०७६     11:49:14 AM  |