16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

‘कृषि क्षेत्र र किसान एक अर्काका परिपुरक हुन्’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २०, २०७६  

नेपाल कृषि प्रधान देश हो । बहुसंख्यक नेपाली जनतामा कृषि पेसामा आवद्ध छन् । अझ तराई क्षेत्रलाई अन्नको भण्डारको चिनिन्छ । सिंगो देशको अर्थतन्त्रको विकासमा तराईको कृषि क्षेत्रको भूमिका महत्वपुर्ण रहेको छ । यस्तै बाँकेको कोहलपुर नगरपालिका अन्तर्गत रहेको नगर कृषि शाखा समेत किसानहरुको जनजिविकासँग जोडिएको निकाय हो । नगर क्षेत्रको कृषि क्षेत्रको विकास र शसक्तिकरणका लागि भइरहेका गतिविधि बारे मिसन टुडेले नगर कृषि शाखा प्रमुख शेर बहादुर वलीसँग गरेको कुराकानी ।

शेर बहादुर वली नगर कृषि शाखा प्रमुख

१ .कृषि शाखाका कार्य क्षेत्र के–के हुन् बताइदिनु न ?

” कोहलपुर नरगपालिकाका सबै वडामा कृषि सम्बन्धी क्रियाकलाप यस शाखाले गर्दछ । यसले कृषकहरुको हकहितका लागि समेत काम गर्ने गरेको छ । विगतदेखि हामीले कृषकका समस्या समाधानको लागि काम पनि गरिहेका छौं । खास गरी कृषकका समस्या बुझ्ने उनीहरुको क्षमता अभिवृद्धि गर्ने गरिरहेका छौं । यस्तै आयस्तर बढाउन, उत्पादन र उपादकत्व वृद्धिका क्षेत्रमा समेत उल्लेख्य कार्य गर्दै आएको छ । चालु आर्थिक वर्षमा समेत कृषकमुखी भएर काम गरिरहेका छांै । कृषि क्रान्ति हाम्रो लक्ष्य हो ।

२. कृषि शाखाले चालु आवमा के–कस्ता कार्यक्रम सञ्चालन गरिहेको छ ?

” कृषि शाखाले अहिले २ प्रकारका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । शसर्त र निर्सत अनुदान रहेका छन् । जस अन्तर्गत शसर्त अनुदान तर्फ तीन प्रकारका कार्यक्रम रहेका छन् । साना सिचाईमा ५ लाख विनियोजन गरिएको छ । यो अहिले प्रक्रियामा रहेको छ । यसै महिनामा सूचना गरेर काम शुरु हुन्छ । यसका लक्षित वर्ग कृषि सहकारी समूह आदि हुन् । भने अर्काे कार्यक्रम हो गह्रा सुधार । यस कार्यक्रम पशुसँग सम्बन्धित रहेको छ । पशु वस्तुबाट उत्पादन हुने गोबरबाट विभिन्न प्रकारका कार्यक्रम र गतिविधि समेत गर्ने गरेका
छौ । यसलाई आधुनिकिकरण गर्ने गरिएको छ । गोबर र पिसाबहरुको सदुपयोग गरी कृषिमा नयाँ प्रवृत्ति प्रयोग गरिरहेका छौं । कतिपय अवस्थामा यस बारेमा किसानहरुलाई थाहा नभएको कुरा जानकारी दिने गरेका छौं । बेला–बेला किसानलाई माटो परिक्षणको लागि समेत आग्रह गर्दै आएका छौं । अर्काेतिर माटो जिवित र निर्जिव समेत हुने गरेको छ । उत्पादन कम र बढी दिने कारण यही हो ।

३. तपाईले माटो परिक्षण गर्ने गरिएको छ भन्नुभयो, यस क्षेत्रको माटो कस्तो प्रकारको रहेको छ ?

” गत वर्ष मात्रै हामीले २ वटा माटो उदारण लिएका थियांै । यस मध्ये कुनै माटो क्षारिय भेटियो । क्षारिय भनेको के हो त भन्दा यो तटस्थ हो भन्ने हुन्छ । यसलाई कृषिको भाषामा क्षारीय भन्छ । धेरै जसो माटो अम्लियपनाबढी देखा परेको छ । माटोको पियचमान ५ भन्दाबढी भएको माटो अम्लियपना हो । नुन धेरै भएको माटो हुन्छ । त्यो राम्रो होइन यो उत्पादनका हिसाबले राम्रो हुदैन । यस्तो अवस्थामा जिवसन प्रयोग गर्नुपर्ने हुन्छ । तर तराई क्षेत्रमा यस्तो जिवसन प्रयोग गर्नु परेको अवस्था भने छैन । अम्लियभन्दा क्षारीय माटोलाई सुधार्न समस्या हुँदोरैछ । त्यसलै हामीले किसानका यस विषयमा समेत ज्ञान दिइरहेका छौं ।

४. बाँकेलाई कृषि उत्पादनको पकेटक्षेत्र मानिन्छ, कोहलपुरको हकमा व्यवसायिकरणको अवस्था कस्तो छ ?

” हामीसँग तथ्याकं रहेको छ । कार्यालयले यसको पुरा विवरण राखेको पनि छ । पछिल्लो समयमा कृषिमा व्यवसायिकरण बढ्दै गइरहेको छ । तर यो अपेक्षित भने छैन र कृषि क्षेत्रमा धेरै समस्या समेत आएका छन् । यो सबैको आकर्षक पेसा बन्न नसकेको अवस्थामा छ । विदेश पलायन यसको एक उदाहरण हो । यूवाहरुमा कृषि क्षेत्रमा आउनै मान्दैनन् । तर पुराना किसानहरुले समेत यसलाई निरन्तरता दिइरहेको छन् । पराम्परागत हिसाबमा सरकारले कृषि क्षेत्रको विकासको लागि भनेर नयाँ कार्यक्रम बनाएको छ । सोही अनुसार कृषि शाखाले काम गरिहेको छ । गत वर्षबाट हामीले नगर क्षेत्रमा रहेका किसानहरुको सहजताका लागि विभिन्न कृषि औजार सामाग्रीहरु निर्माण गरिहेका छौं । यसले गर्दा किसानमा कृषि कर्म गर्दा सरकारको सहयोग हुदो रैछ भन्ने परेको छ । आधुनिक कृषि औजारको माध्यमबाट उनीहरुले आफ्नो व्यवसायलाई आधुनिकरण तिर समेत लगेको देख्न पाइन्छ । जसरी किसानको हक र हितका लागि समेत हामी लागिरहेको अवस्था छ । कृषि क्षेत्रलाई यूवाहरुसँग जोड्न जरुरी देखिएको छ । ४५ देखि ७५ प्रतिशतसम्म अनुदान समेत दिइएको छ । जस्तै हामीले पावर टिलर र अन्य औजार वितरण गरेका छौं । यसबाट उनीहरुको समयको सदुपयोग मात्रै होइन व्यवसायीकरणमा समेत राम्रो प्रभाव परेको
छ । पावर टिलर बहुउपयोगी भएका कारण किसान समेत मन पराएका छन् । अर्कोतिर सिचाई केही अभाव देखिएको छ । यस्तो समस्या समाधानको लागि बोरिङ्ग र ट्युबेलको प्रयोग गरीरहेका छांै । यस्तै वडा नम्बर ३ र १५ लगायतका क्षेत्रमा बाली, तरकारी पकेट क्षेत्रमा रुपमा अघि बढाइरहेका छौं ।

५. यस क्षेत्रका कृषकहरुको लागि मल, बिउको प्रयाप्तता कस्तो रहेको छ बताइदिनु न ?

” कोहलपुरमा बेला–बेला मल, बिउ अभाव भइरहने समस्या रहेको छ । सरकारी पक्षबाट वितरण गर्ने प्रक्रियामा यस्तो समस्या देखिएको छ । यस्तो हुदाँ किसानलाई केही समस्या पनि भोग्नु परेको अवस्थो छ । सरकारले बिउ निःशुल्क प्रदान गर्ने भनेको छ तर समय मै आइदिइदैन । त्यस कारण यस्तो समस्या देखिएको छ । समयमै मल नआउदाँ
किसानहरु नीजी एग्रोभेटमा समेत जाने गरेका छन् । यस्तो अवस्थामा केन्द्रीय स्तरबाट समेत निर्देशन हुने गरेको छ । यस्तो समस्या समाधानको लागि प्रक्रियागत रुपमा हुने ढिलाई कम गर्नको लागि वितरण प्रक्रिया प्रभावकारी बनाउनुपर्ने देखिएको छ । तर कोहलपुरमा यस्तो समस्या आउन नदिनको लागि हामीले सरोकारवाला पक्षलाई बारम्बार सचेत गराउदै आएका छौ ।

६ .निजी एग्रोभेटहरुको मनोमानी समेत देखिन्छ नगर कृषिले नियमन गर्न सक्दैन र ?

” यसमा के छ भने एउटा अनुगमन समिति नै छ । यस समितिले नै अनुगमन गर्ने हो । यसको सदस्य कृषि शाखाको प्रतिनिधि समेत हुन्छ । यस क्षेत्रमा नियमित अनुगमन समेत हुन गरेको छ । अनुगमन हुदाँहुँदै पनि केही प्रक्रियागत समस्या रहेका छन् । सरकारी कार्यालयहरुमा समय मै नआउदाँ किसानहरु एग्रोभेटमा जान्छन् । त्यही बेला एग्रोभेटहरुमा महंगोमा बेचेपनि किसानले लिने गरेका छन् । यस्तो अवस्थामा किसानहरु नै मारमा परेको देख्न सकिन्छ । एग्रोभेटमा पाइने सामग्री महंगो र गुणस्तरहिन हुदाँ समेत अर्को विकल्प नै छैन । समस्या के भएको छ भन्नुहुन्छ भने हामीले बन्द नै गर्दियो भने पनि किसानहरु नै प्रभावित हुन्छन् । यसमा निकै ठूलो समस्या देखिएको छ । यस्तो समस्या विस्तार समाधानको क्रममा रहेको छ । निरन्तरको खवरदारीपछि किसानको समस्या समाधान हो ।

७. यहाँ त व्यवसायिक कृषकहरुले विपत्तिको समस्या भोग्नु परेको अवस्था छ, कृषि शाखाले यस्तो अवस्थामा के गर्न सक्छ ?

” प्राकृतिक प्रकोपसँग त सकिदो रैन रैछ , जे गरे पनि हार खाइने रैछ । यस वर्षको कुरा गर्दा बाँके लगायतका जिल्लामा फौजी किराको प्रकोपले ठुलै समस्या बेहोर्नु प¥यो । कोहलपुरमा समेत यस्तो समस्या देखा परेको थियो । सबैभन्दा बढी मारमा किसान नै परे । उनीहरुको पिडा कम गर्नको लागि सरकारले पहल थाल्नुपर्ने हो । त्यसो हुन सकेन । किसानहरुको समस्या समाधानको लागि र राहातको लागि नगर कृषि शाखाले तथ्यांक पठाएको छ । करिब २ सय हेक्टर जमिनमा पाकेर काट्नै लागेको धानमा फौजी किराले नष्ट गरेको तथ्यांक हामीसँग रहेको छ । धेरै ठूलो क्षती भयो । करिब २० हेक्टरमा पुर्ण रुपमा धानमा फौजी किराले धान बाली नष्ट गरेको पाइयो । कस्तोसम्म भने कतिपय किसानहरुले फौजी किराले भुईमा खसालेको धान समेत बढारेर जम्मा गरेको देखिएको थियो । खेत बारी कै धानबाट मात्रै जिविकोपार्जन गर्नेको त विजोग नै भयो नि । यस्ता प्राकृतिक समस्याहरुमा अकस्मात आउने भएकोले न किसान र न सरकार कसैले पनि केही गर्न सकिने अवस्था नै हुँदैन । यस्ता प्रकारका प्राकृतिक प्रकोपबाट हुने क्षतीबाट प्रभावित हुनेहरुको लागि रकम छुट्याउन पाए निकै राम्रो हुने थियो र सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ । हाम्रो तर्फबाट भने यस्ता समस्या समाधान र राहातका लागि नगरपालिकालाई ध्यानाकर्षण गराउने म प्रतिबद्धता व्यक्त गर्दछु ।

८. कोहलपुरको कृषि क्षेत्रमा अन्य कस्ता प्रकारका समस्याहरु किसानहरुले दर्शाउने गरेका छन् नि ?

” प्राकृतिक समस्या छ भई नै हाल्यो तर अन्य समस्याको जानकारी हामीले प्राय जसो किसानहरु बाटै पाउने गरेका छौ । किसानहरुले आफ्नो बाली र व्यवसायमा कुनै किसिमको समस्या आएमा हामीलाई जानकारी गराउनु हुन्छ । हामीले समस्या समाधानका लागि उनीहरुलाई जानकारी गराउने, रोग निधान गर्ने उपायका विषयमा समेत सिकाउने गरेका छौ । कोही त यस्ता किसान पनि हुनुहुन्छ, उहाँहरुलाई केही पनि थाहै हुदैन । यस्ता प्रकारका किसानहरुको लागि हामीले विभिन्न माध्यमबाट जानकारी गराउने गरेका छौ । पत्र पत्रिका , रेडियो र वडा कार्यालय मार्फत पनि किसानका समस्या समाधानको लागि पहल गर्ने गरिएको छ । कोहलपुरमा अर्को समस्याको रुपमा किराहरुको संक्रमण रहेको छ । प्रतिबन्धित विषादीहरुको लुकिछिपि प्रयोगले झन समस्या निम्त्याएको हो । यसको असर निकै लामो समय सम्म समेत देखिन्छ । हामीले सकभर यस्ता समस्या नहुन भन्नको लागि बेला–बेलामा किसानका घरदैलो मै गएर सेवा दिईरहेका छौ ।

९ .विभिन्न रोगको समाधान र किसानका समस्या समाधानको लागि शाखामा दक्ष जनशक्ति छन् ?

” यसमा मलाई के लाग्छ भने सरकारले प्रत्येक वडा कृषि प्राविधिकहरुको राखिदिनु पर्छ । यस्तो भयो भने कसैलाई पनि समस्या आउदैन । उनीहरु किसानका समस्या धेरै नजिकबाट बुझ्ने अवसर पाउछन् । सबै वडामा नकिएपनि अधिकतम रुपमा कृषि प्राविधिकहरु चाहिन्छ । कोहलपुर नगरपालिकाको नगर कृषि शाखाको हकमा चार जना प्राविधिक छौ, एक जना कार्यालय सहयोगी छन् । एक जना महिला स्टाफ हुनुहुन्छ । एक जना अफिसमा अनिवार्य हुनै पर्छ । अरु भने दैनिक रुपमा भिल्डमा गएर काम गर्ने गरेका छौ । जनसंख्या र भूगोल ठूलो जनशक्ति निकै कम भएका कारण सबै ठाउँमा पुग्न सकिने अवस्था छैन । अहिले प्रयाप्त जनशक्ति छैन । यसको लागि प्रत्येक वडामा प्राविधिक भएमा मात्रै किसानका समस्या समाधानको लागि सहज हुन्छ । यो त जनशक्तिको कुरा भयो बजेटका कुरा गर्दा २ प्रकारको अनुदान हुन्छ ।

१०. कृषि क्षेत्रको बजेट चाँही कति विनियोजन हुने गरेको छ नि ?

” कृषि क्षेत्रमा दुई किसिमको बजेट आउछ । यहाँ शसस्त्र अनुदान १० लाख रहेको छ । भने नगरपालिकाबाट प्राप्त हुने निसस्त्र अनुदान पटक ४९ लाख रहेको छ । त्यस मध्ये पनि ४ लाख प्रशासनिक खर्च हुन्छ भने बाँकी ४५ लाख को कार्यक्रममा विनियोजन गरिएको छ । यस मध्ये पनि १० डिप बोरिंगमा रहेको छ । यसैगरी बेमौसमी तरकारी खेतीको १८ वटा घर निर्माण हुदैछ । व्यवसायिक किसानलाई ५० प्रतिशत अनुदान रहेको छ । यसमा बिउ खरिदमा रुपैयाँ लगानी हुन्छ । व्यवसाय गर्ने तर करेसाबारीका रुपमा तरकारी लगाउनेहरुको लागि निःशुल्क बिउ वितरण गर्ने गरिएको छ । च्याउ विषेश कार्यक्रम समेत रहेको छ । यसमा ६ महिना आत्मनिर्भरताको अवस्था रहेको छ । लगानी समेत शाखाले धेरै गरेको छ । नगरपालिका भरी ३० क्विनटल च्याउको बिउ वितरण गरेका छौ हामीले । प्लाष्टिक समेत निःशुल्क वितरण भईरहेको छ । चालु आवमा समेत यो कार्यक्रमलाई निरन्तरता दिएका छौ ।

११. व्यवसायिक किसानले उत्पादन गरेका बेमौषसमी उत्पादनले उचित मुल्य पाएका छन् की छैनन्, नपाएको भएर उत्पादनको बजारीकरणको लागि के गरिरहनु भएको छ ?

” तपाईले भन्नु भए जस्तै बजार प्रतिष्पर्धा निकै गाह्रो विषय रैछ । यहाँको स्थानीय उत्पादन बजारीकरणमा समस्या रहेको छ । यसको कारण के हो भने भारतीय बजारबाट आयात हुने उत्पादन सस्तो भएकोले हाम्रो उत्पादनले उचित बजार पाउन सकेको छैन । हाम्रो छिमेकी देशमा किसानलाई आवश्यकता भन्दा बढी अनुदान र हाम्रो देशमा मुस्किले ५० प्रतिशत छ त्यो पनि बिचौलिया र पहुँजवालाको मात्रै रहेको छ । यस कारण यहाँका किसानलाई उत्पादनको उचित मुल्य पाउन पनि समस्या रहेको छ । उपभोक्ताले गुणस्तरीय भन्दा पनि कम मुल्यको खोज्ने गरेकोले समस्या आएको हो । भारतीय नाका रुपैडियाबाट आउने भन्दा हाम्रा किसानले उत्पादन गरेका उत्पादन गुणस्तरीय छन् । तर मुल्य अभाव छ । उताको विषादी युक्त हुन्छ मुल्य कम भएकोले बढी बिक्छ । यहाँका उत्पादन र भारतीय उत्पादनको चेकजाँच गर्ने ल्याव भएको भए यहाँको उत्पादनले बजार पाउने थियो ।

१२.भारतबाट जथाभावि नेपाल भित्रिने विषादीयुक्त वस्तुको आयातमा कडाई गर्न सकिदैन र ?

” किन नसकिनु सकिन्छ । बाँके क्षेत्र त पुरै व्यपारिक केन्द्र हो नेपालगञ्ज र कोहलपुर त प्रमुख नै भईसके । यहाँ भारत मात्रै होईन छिमेकी र पहाडका जिल्लाबाट समेत उत्पादन आउने गरेका छन् । तपाईलाई जानकारी गराउ कोहलपुरको उत्पादन कोहलपुर नै खपत गर्न सकिने सम्भावना धेरै छ । यहाँको खाली जमिनको सदुपयोग र बाहिरी उत्पादन आयात निरुत्साहित गरेमा मात्रै हामी आत्मनिर्भर हुन्छौ । यहाँ कमी रहेका केही कुरा बढाएर अघि बढ्न सक्छौ । सबैको सहकार्य र एकता आवश्यक हुन्छ । सरकारले पनि किसानलाई हौसला र प्रोत्साहन गर्नु पर्ने देखिन्छ । स्थानीय सरकारको सक्रियताको खाँचो रहेको छ । भारतीय आयात कम गर्न असम्भव भने छैन । यसबाट बैदेशिक रोजगारी कम गर्न सकिन्छ ।

१३ .किसानहरुले कसरी अनुदान प्राप्त गर्न सक्छन् प्रक्रिया के छ बताई दिनु होस ?

” कृषि शाखाबाट अनुदान वितरण प्रक्रिया सरकारी निति नियमको परिधिमा रहेर हामीले वितरण गर्ने गरेका छौ । अनुदान वितरणको लागि सूचना प्रकाशित गर्ने गरिएको छ । १५ दिन सम्म सूचना निकाल्छौ । सम्पुर्ण विवरण सूचनामा रहन्छ । समूह, सहकारीहरुले सूचनामा उल्लेखित व्यहोरा अनुदान प्राप्त गर्न सक्छन् । सूचनामा उल्लेखित सबै प्रक्रियाहरु पुरा भएको हुनु पर्छ । मुल्यांकन समिति पनि हुन्छ । समितिले नै कागजातको आधारमा छनोट गर्ने हो । अन्यको हकम वडा कार्यालयको सिफारिस ल्याएर आएमा सेवा पाईन्छ ।

१४.अन्त्य सम्र्पुणलाई के भन्न चाहनुहुन्छ ?

” अन्त्यमा सम्पुर्ण, किसान, कृषकहरुलाई म के भन्न चाहन्छु भने । अब कोही पनि बेरोजगार बस्नु पर्दैन । व्यवसाय सञ्चालनको लागि शाखामा जानकारी समेत लिन
सकिन्छ । र स्थानीय उत्पादनको बजारीकरण र कृषि क्रान्तिको लागि सहकार्य आवश्यक रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २०, २०७६     8:45:59 AM  |