18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

अवरुद्ध विद्युत् सेवा सञ्चालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६  

डोटी।

अवरुद्ध भएको विद्युत् सेवा आइतबार बिहानदेखि सञ्चालन भएको छ ।

दार्चुलामा रहेको चमेलिया जलविद्युत्ले डोटीको बुडरमा तीनवटा विद्युत् टावर मर्मत गर्न थालेकाले यहाँका सातवटा पहाडी जिल्ला डडेल्धुरा, अछाम, बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटीमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध भएको विद्युत् सेवा आजदेखि सञ्चालन भएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरू बन्द भएका थिए ।

विद्युत् सेवा सञ्चालनसँगै सम्पूर्ण सञ्चारमाध्यम सञ्चालन भएको त्रिवेणी एफएम डोटीका स्टेशन मेनेजर कर्ण चन्दले बताए ।

उनले भने,“विद्युत् नहुँदा सम्पूर्ण सञ्चारमाध्यम बन्द थिए, अहिले विद्युत् सुचारु भएपछि सबै सञ्चानलमा आएका छन् ।” (रासस

प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६     8:08:03 PM  |