18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

संकल्पको साधारणसभा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कार्यक्रमको उद्घाटन गरेका थिए ।

उनले सहकारीहरु ब्याजमा मात्र एकिकृत भएको बताए । ‘सहकारीले कृषि र पशु जस्ता अन्य बस्तुहरुमा पनि आफ्ना सेवा विस्तार गर्नुपर्छ’ उनले भने ‘एउटै विषयमा मात्र नभई अन्य क्षेत्रमा पनि सहकारी संलग्न हुन आवश्यक छ ।’

नगर प्रमुख रावतले विषादीयूक्त अर्गानिक कृषि उत्पादनमा सहकारीहरु लाग्न समेत आग्रह गरे । कोहलपुर सहकारी सञ्जालका अध्यक्ष डोलराज अर्यालले कोहलपुर सहकारी सञ्जालले नयाँ ढङगबाट निति तथा कार्यक्रम ल्याएको बताए । ‘कोहलपुर सहकारी सञ्जालले आव २०७६÷०७७ बाट कृषि क्षेत्रमा लगानी गर्नका निम्ती निति तथा कार्यक्रम ल्याएको छ’ उनले भने, ‘सहकारीले अब कृषि क्षेत्रमा पनि लगानी गर्न आवश्यक छ ।’

संकल्प जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भारती खनालले विज्ञान र प्रविधिबाट शेयर सदस्यहरुलाई पारदर्शिकतामा काम गरिरहेको बताए । साधारण सभामा आर्थिक वर्ष २०७५÷०७६ को आय व्यय प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहकारीलाई सहयोग पु¥याउने विभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको अध्यक्ष खनालले जानकारी दिए । साधारणसभामा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधी, सेयर सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, मंसिर १, २०७६     8:44:12 AM  |