25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

आर्थिक क्रान्तिका लागि सहकारी’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १, २०७६  

कोहलपुर ।
आर्थिक क्रान्तिका लागि सहकारी आवश्यक रहेको बाँकेको कोहलपुरमा भएको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले बताएका छन् । शनिबार कोहलपुरमा रहेको दिव्य बहुउदेश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै जिल्लाका सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीले आर्थिक क्रान्तिको लागि अगाडि रहेको दाबी गरे । ‘सहकारीको माध्यमबाट देशको बेरोजगारी हटाउन सकिन्छ’ उनले भने ‘सहकारीले सबै तहतप्काका नागरिकहरुलाई संगठित गरी पूंजी प्रवद्र्धन र आर्थिक क्रियाकलाप अघि बढाउछ ।’

समाजमा सहकारीहरु आर्थिक लोकतन्त्रका आधारस्तम्भको रुपमा विकास भएको उनको भनाई थियो । बहुउद्देश्यीय जिल्ला सहकारी संघका अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारीले पिछडिएका महिला तथा एकल महिलाहरुलाई संगठित गरी आर्थिक रुपमा अब्बल बनाउन सहकारीमार्फत मात्र सम्भव भएको बताए । ‘अब सहकारी र निजी संस्थाकोे सहकार्यमा मुलुकको विकास र समृद्धि हुन्छ’ उनले भने, ‘हरेक मानिसहरुको सहकारी र निजी संस्थासंग आबद्ध छन् ।’ कोहलपुर सहकारी सञ्जालका अध्यक्ष डोलराज अर्यालले साना सहकारीलाई मर्ज गरी ठुलो सहकारीको रुपमा विकास गर्ने बताए ।

‘कोहलपुरमा ८० वटा सहकारीहरु रहेका छन्’ उनले भने ‘यसलाई मर्ज गरी ४० वटा सहकारी सम्म बनाए मात्र सहकारीको उन्नती हुन हुन्छ ।’ दिव्य बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टिकाराम शर्माले आफ्नो सहकारीले पारदर्शिकतामा काम गरिरहेको बताए ।

‘समाजको विकास उन्नति र समृद्धिको बाटो तय गरी सकेको छ’ उनले भने, ‘सहकारीले समाजमा रहेका महिलाहरुले कृषि र पशु सम्बन्धी निति कार्यक्रम बनाई सकेका छौं ।’ राज्यको निति अनुरुप एक व्यक्ति एक सहकारी भन्ने उद्देश्यका साथ सहकारीले आफ्नो काम तिव्र पारेको उनले बताए । आ.व. २०७५÷०७६ को १० करोड १४ लाख ३८ हजार ८ सय २३ रुपैँयाँको आय दिव्य संस्थाका सचिव शिव्रसाद रेग्मीले प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः आइतवार, मंसिर १, २०७६     8:40:42 AM  |