25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

नक्कली परिक्षार्थी प्रहरी नियन्त्रणमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा एक जना नक्कली परिक्षार्थी पक्राउ  परेका छन् ।  बिहीबार यातायात ब्यवस्था कार्यालय कोहलपुरबाट लिईएको मोटर साईकलको ट्रायल परीक्षामा अर्काको नाममा परिक्षा दिईरहेका एक जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ५ का २६ बर्षीय को राम दुलारे थारुलाई  पक्राउ गरिएको हो ।

प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीका अनुसार थारुले बाँकेको कोहलपुर नगरपालिका  वडा नम्बर ५ का  ४९ बर्षीय जगतराम थारुको नाममा जिल्ला ट्रायल परीक्षा दिई रहेको थिए ।

दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनसन्धान भईरहेको कार्यालयले जनाएको छ ।  ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६     9:29:37 PM  |