19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नवजात शिशु बेवारिसे अवस्थामा फेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६  

जुम्ला। 

जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ९, तलिउममा अन्दाजी ५ महिनाको नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ ।

बिहीबार करिब साढे ७ बजेतिर नवजात शिशु फेला हो । वडाअध्यक्ष मिनवहादुर डाँगीका अनुसार गाउँ नजिकैको पिरल खातको छेउमा बेवारिसे अवस्थामा फालेको अवस्थामा भेटिएको थियो ।‘

गाउँकी एक महिलाले मलाई जानकारी दिएकी थिईन’ उनले भने, ‘पछि प्रहरीलाई गरेपछि उद्धार गरिएको छ ।’ त्ससपछि प्रहरीको टोलीले उक्त स्थानमा गएर उद्धार गरिएको छ ।

राती साढे १० बजे इन्सपेक्टर राजेन्द्र बहादुर चन्दको अगुवामा गएको टोलीले मुचुल्का उठाएको थियो । यता इन्सपेक्टर चन्दले नवजात शिशुलाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घट्नाको बारेमा अनुसन्धान प्रक्रियामा रहेको प्रहरीले जनाएके छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६     8:16:45 AM  |