19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सडक मानवमुक्त नगरपालिका घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २५, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकालाइसडक सहयोगापेक्षी मानवमुक्त नगरपालिका घोषणा गरिएको छ ।

एक भव्य समारोहका बीच सडक सहयोगापेक्षी मानवमुक्त नगरपालिका घोषणा गरिएको हो ।

घोषणाका लागि निलसागर आश्रम नेपालगञ्जको समन्वय तथा सहजीकरण गरेको थियो ।

कोहलपुर नगरपालिका क्षेत्रभित्रका सडकहरुमा असहाय,बेवारिसे,अनाथ,अशक्त तथा मनोसामाजिक अवस्थाका मानिसहरुलाई सहयोग प¥ुयाउने कोहलपुर नगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका घोषणा गर्न लागेको नगर प्रमुख लूट बहादुर रावतले जानकारी दिए ।

घोषणा कार्यक्रममा सयौँ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, कार्तिक २५, २०७६     1:03:40 PM  |