20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बृद्ध महिला मृत फेला,

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६  

कोहलपुर।

बाँकेको कोहलपुरमा आइतबार दिउँसो चितुवाको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ ।

कोहलपुर नगरपालिका १३ नयाँ बस्तीकी ६५ वर्षिया काली बस्नेतको चितुवाको आक्रमणमा परेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आइतबार अपरान्ह ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तरर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई चितुवाले आक्रमण गरेको बताइएको छ ।

स्थानीय निरक बहादुर शाहीका अनुसार दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि खोज्न जाँदा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६     7:17:25 PM  |