25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

भरुवा बन्दुकसहित चार जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६  

बलेवा।

जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–५ बिहुँबाट प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको हो ।

उनीहरूको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो । उनीहरूलाई आजै जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालिएको छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६     5:40:51 PM  |