19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

दुर्घटनामा एक जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६  

महोत्तरी ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिवास–८ विश्वकर्माचोक नजिकै टेम्पो पल्टँदा एक जनाको मृत्यु भएको छ ।

ना३स ५२०६ नंको टेम्पो पल्टँदा बर्दिवासचोकबाट घरतर्फ जाँदै गरेका बर्दिवास–५ गणन्ताका ३५ वर्षीय रमेश विश्वकर्माको ज्यान गएको हो ।

दुर्घटनामा परी टेम्पोचालक बर्दिवास–५ ढुङ्ग्रेका २५ वर्षीय टीकाराम पाण्डे घाइते भएका छन् । उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो ।

प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६     5:37:07 PM  |