19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

देवकी निरौलाका गजल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १६, २०७६  

– देवकी निरौला

वर्षी रहन्छ गगन कैले सम्म
जलाइ रहन्छ बदन कैले सम्म

रुखको ओतमा काट्नु छ रात
हुन्छ तिम्रो आगमन कैले सम्म

यौटा अमूल्य रत्न नासो छ मसँग
गर्न सक्छु उसको जतन कैले सम्म

अस्पतालमा आमा मृत्युसँग लड्छिन्
थाहा छैन चल्छ धड्कन कैले सम्म

रुखमै झुण्डीएर ज्यान बचायो आज
दुखी रहन्छ उसको बचपन कैले सम्म

 

प्रकाशित मितिः शनिबार, कार्तिक १६, २०७६     10:11:28 AM  |