19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नेपालमा पहिलो कोहलपुरमा ‘भुलभुलैया’ भिडियो सहित हेर्नुहोस् ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा नेपालमा नै पहिलो पटक शिशाको भुलभुलैया सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको अगाडि आइतबारदेखि नेपालमा नै पहिलोपटक भुलभुलैया सञ्चालनमा आएको हो । गत असार २७ गतेदेखि सञ्चालनमा आएको शिशाको भुलभुलैयाले बालबालिकादेखि बृद्धाबृद्धहरुको लागि मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सञ्चालनमा आएको बताइन्छ ।

५० लाखको लगानीमा शिशाको भुलभुलैया निर्माण गरिएको सञ्चालक नन्द देवकोटाले जानकारी दिए । ‘यसमा एक आकृतिका भिन्न प्रतिविम्बहरु सयौंको संख्यामा पाउन सकिन्छ’ उनले भने, ‘आफुलाई टाढा, नजिक र विपरित अवस्थामा विभिन्न कोणहरुबाट देख्न सकिन्छ ।’ आफु हराउँदा समेत थाहा नहुने गरि निमार्ण गरिएको उनको भनाई छ । ‘मलेसियाको प्रविधिबाट निर्माण गरिएको छ’ सञ्चालक देवकोटाले भने, ‘विदेश तिर बढि प्रचलनमा रहेको छ ।’

नेपालीहरुले परम्परागतको मनोरञ्जनभन्दा फरक प्रकारको मनोरञ्जन लिने मान्ने उनको भनाई थियो । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले पर्यटकहरुको आकर्षक बढ्ने बताए । ‘कोहलपुर नगरपालिका विकासको तिव्र रुपमा विकास भइरहेको छ’ उनले भने, ‘नयाँ व्यवसाय कोहलपुरमा नै सुरुवात भएकोमा गौरभावित छु ।’ शिशाको भुलभुलैयामा अहिले सम्मकै फरक अनुभव लिएको उनको भनाई थियो ।

कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारतीले कोहलपुर अन्य व्यवसाय भन्दा विल्कलै फरक किसिमको व्यवसाय भएको बताए । ‘आफ्नो अनुहार हजारौ ठाउँमा देखिन्छ’ उनले भने ‘जब बक्तिहरुको झिलिमिलिमा आफ्नो हातहरुले छाम्दै अगाडि बढ्दा पनि शिशै शिशामात्र फेला पर्दछ ।’ जिवनमा पहिलो पटक फरक किसिमको अनुभव बटुलेको उनको भनाई थियो ।

प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६     9:18:34 AM  |