25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेपाल भारत सिमा नाका बन्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६  

कोहलपुर   :

नेपाल भारत सिमा क्षेत्रमा पर्ने जमुनाह नाका बन्द गरिएको छ । पश्चिम क्षेत्रको प्रमुख नाकाको रुपमा रहेको जमुनाह नाका २ दिनको लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी ४ गते सम्मको लागि नाका बन्द गरिएको जनाएको छ ।

भारतको बहराईच विधान सभाको उप निर्वाचनलाई मध्यनजर गरी नेपाल भारत सिमा बन्द गरिएको २ गते राती देखी लागु हुने गरी ४ गते सम्म सिमा नाका बन्द गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिए ।

उनका अनुसार बहराईचमा बिहान ७ बजे देखी बेलुका ६ बजे सम्मको लागि सुरक्षा संवदेनशिलतालाई मध्यनजर गरी बन्द गरिएको हो ।

अब नेपाल भारत सिमा नाका ४ गते साँझ ६ बजे मात्रै खुल्नेछ । सिमा बन्द हुदाँ हजारौ मानिस दुवै देशबाट भित्रिन र बाहिरिनबाट बन्चित भएका छन् ।

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     1:52:48 PM  |