20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कर्णालीका १० हजार परिवारको बिमा गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६  

चेत नारायण पाण्डेय
कार्तिक २, सुर्खेत
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशका १० हजार परिवारको बिमा गरिदिने भएको छ ।

कर्णालीमा रहेका १० हजार कच्ची घरको बिमा गरिने मन्त्रालयले जनाएको छ ।

विपद् जोखिम सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली सरकारले चालु आर्थिक वर्ष देखी बिमा कार्यक्रम ल्याएको भन्दै सम्पुर्ण कर्णाली बासीको अब बिमा हुने बताए ।

यस्तै विपद् जोखिम न्युनिकरणको लागि सरकारले पुर्व तयारी गरिरहेकोले कर्णालीलाई देशका सुरक्षित प्रदेश बनाईने जानकारी दिए ।

यस्तै उनले सुर्खेत बाढि पिडितका लागि छ सय ५० परिवारलाई आवास निर्माणका लागि प्रथम किस्ता बापत डेढ लाख रकम बितरण गरिएको बताए ।

यस्तै केही समय पछि दोस्रो किस्ता बितरणको तयारी मन्त्रालयले जनाएको छ । सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विपद्का बेला हुन सक्ने भौतिक क्षेतिलाई न्यूनिकरणका लागि काम गर्नुपर्ने भएकाले सबै सरोकार वाला सँग हातेमालो गरेर काम गर्नुपर्ने जोड दिए ।

विपद् जोखिम सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा सुर्खेतको मंगलगढी चोक बाट सुरु भएको प्रभातफेरी कार्यक्रम बिरेन्द्रचोक, घण्टाघर हुदै सुर्खेत जिल्ला बिकास समितको सभा हलमा गएर समापन भएको थियो ।

जिविस बाहिको प्राङ्गगणमा तिन ओटै सुरक्षा निकाएले विपद्बाट हुने जनधनको क्षति न्यूनिकरणकालागी प्रयोग हुने औजार तथा सामाग्रीको प्रदर्शन गरेका थिए भने नेपाली सेना कालिदल गणले आगलागी तथा विपद्बाट हुन सक्ने क्षेति र नेपाली सेनाले स्थानीय स्रोत साधनको प्रयोग गरी उद्धार पद्धतिका बारे डेमो प्रस्तुत गरेको थियो ।

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     11:58:57 AM  |