18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कर्णाली सधैं उपेक्षामा: मन्त्री बस्नेत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६  

चेत नारायण पाण्डेय
सुर्खेत
नेपाल सरकारका बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले कर्णाली सधै उपेक्षामा परेको गुनासो गरेका छन्

करिब ५ महिना पछि गृह जिल्ला जाजरकोट जाने क्रममा शनिबार सुर्खेत बिमानस्थल आइपुगेका मन्त्री बस्नेले पत्रकार सम्मेलनमा संघीय सरकारको उपेक्षामा कर्णाली हिजो देखी आज सम्म परेको भन्दै दुःखेसो गरे ।

संघीय सरकारमा कर्णालीबाट एक्लो मन्त्रीको रुपमा रहेका बस्नेतले आफु सधै मन्त्रिपरिषदको अल्पमतमा पर्ने गरेको बताए ।

संघ र प्रदेश सरकार बीच कानुनी जटिलता रहेको बताउदै उनले विकासमा एकजुट हुनुको विकल्व नरहेकोमा समेत जोड दिएका छन् । कानुनी जटिलताका कारण संघीय सरकार र प्रदेश सरकार बीच टकराब बढेको बताएका हुन् । कर्णालीकोे समग्र विकासको जिम्मा कर्णाली बासी कै रहेको उनको भनाई थियो ।

कणाली प्रदेशको आर्थिक, भौगोलिक तथा सामाजिक विकासमा पछि परेपनि पर्यटन र कृषिमा अग्रस्थानमा रहेकाले यिनै क्षेत्रको विकास गर्न सकिने जानकारी दिए । प्रदेशको विकासको लागि केन्द्र सरकारको मुख ताक्नु पर्ने अवस्था नरहेको मन्त्री बस्नेतले बताएका हुन् ।

यसतै उनले प्रदेश सरकारको काम प्रति पनि कटाक्ष गरेका छन् । जनताका घरमा सरकार रहेको महसुस गराउनुपर्ने समय भएकाले सचेत सबैलाई आग्रह गरे ।

त्यस्तै पत्रकारले सोधेका प्रश्नहरुको जवाफ दिदै मन्त्री बस्नेतले कर्णाली करीडोरको कुरा चिनिया राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा समेटिएको अवगत गराए संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्रालयले सुर्खेतमा प्रादेकिक एयरपोर्ट बनाउन चाहेपनि जग्गा अभावका कारण समस्या रहेकोले समयमै यसको समाधान गरीने आस्वासन दिए ।

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     11:34:19 AM  |