18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सरसफाई हाम्रो पहिचान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६  

स्वच्छ वातावरण मानिसको लागि समृत समान मानिन्छ । हाम्रो वातावरण सफा हुनु भनेको मानिस स्वस्थ हुनु हो । सफा र चिटिक्क देखिनु सुन्दर प्रकृतिको पहिचानका रुपमा हेरिन्छ । त्यसैले सुन्दर र हरियाली प्रकृति र मानिसका लागि समेत लाभदायि रहेको छ । हरियो वन नेपालको धन भन्ने नारा निकै चर्चित छ, नेपालमा । अर्थात नेपालको अर्को पहिचान वन नै हो । वातावरण र हरियाली
पनि । उ बेला नेपालमा ग्रामिण र परम्परागत बस्ति थिए । ठूला ठुला कंक्रिट
थिएनन् । तर समय पहिलेको जस्तो रहेन अब । तीव्र सहरी करणले विस्तारै सुन्दरता हराउँदो छ । सभ्य समाजको प्रतिक हो सरसफाई अर्थात सरसफाई हाम्रो लागि अपरिहार्य छ । नेपालमा खास गरि संघियता लागु भएपछि सरसफाईका कार्यक्रम दैनिक जसो हुने गरेका छन् । नेपाललाई भर्खरै मात्र खुला दिसा मुक्त राष्ट्र घोषणा गरियो । यसको अर्थ हुन्छ, नेपाल सरसफाई युक्त देश हो । यहाँ फोहोर भन्ने कुरा नै छैन् । अपसोच, देशभरका नगरपालिकामा रहेको प्रमुख समस्या भनेकै फोहोर व्यवस्थापन हो । फोहोर व्यवस्थापन स्थानीय सरकारको चूनौतिको विषय समेत बनेको छ । फोहोर व्यवस्थापनो दीर्घकालिन समाधान खोज्नु अहिलेको आवश्यकताको रुपमा रहेको छ । हामी रहेक दिन सफा देखिन मुख धुन्छौ, हो त्यसै गरी पर्यवरण सभा गर्नु हाम्रो दैनिकी हुनु पर्छ । वातावरणको सरसफाई अरुको लागि होईन आफ्नो लागि हो भन्ने कुरा हामी सबैले
बुझ्नु पर्दछ । नगर समृद्धिका लागि जनप्रतिनिधिहरुले बारम्बार भाषण गरीरहेका छन् । अब भाषण होईन जनतालाई काम चाहिएको छ । त्यसैले सबै मिलेर स्वच्छ र सफा वातावरण निर्माणको लागि सबै एकजुट हुनु पर्ने बेला आएको छ । सरसफाई युक्त समाज निर्माणमा हातेमालो गरौ । घर घरबाट सरसफाई अभियान थालौँ । व्यक्ति सरसफाई हुनु मात्रै हाम्रो समाज सुन्दर हुनु होईन । त्यसै सरसफाई हाम्रो पहिचान बनाउनको लागि हातेमालो गर्ने बेला भएको छ । गाउँ गाउँ बाट उठौँ बस्ति बस्तिबाट उठौँ । हाम्रो समाज सफा, सुन्दर र सरसफाई युक्त बनाउन ।

प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६     12:05:32 PM  |