19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘बाबियाचौर च्यालेन्ज कप’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६  

चेत नारायण पाण्डेय ।

सुर्खेत  – तेस्रो बाबियाचौर च्यालेन्जकप फुटबल प्रतियोगिता सोमबार देखि सुर्खेतको बाबियाचौरमा सुरु भएको छ । जिल्लाको सबै भन्दा ठुलो पुरस्कार राशीको तेस्रो संस्करण शुरु भएको हो ।

दोस्रो दिन मंगलबार भएको पहिलो खेल स्टार युवा क्लव बुटी र टिएफसी तातोपानी बिचको खेलमा ३÷३ को बराबरी पटि स्टारले पेनाल्टी मार्फत जित हासिल गरेको थियो ।

भने दोस्रो खेलमा पञ्चपुरी ४ र बिएफसी कुना थरी बीच भएको खेलमा पञ्चपुरी ४ ले १ गोल प्रहार गर्दै बिएसीलाई पराजित गरेको हो ।
मंगलवार भएको अन्तिम खेलमा बिएसी ‘ए’ ले ७ गोल हान्दै एनएस ‘सी’ लाई पराजित गरेको छ । बिगतका बर्षमा भन्दा खेलकुद मैदान चौडा भएसँगै प्रर्याप्त खेल खेल्न पुग्ने क्लबका अध्यक्ष क्षीतिज थापाले जानकारी दिए ।

खेल सञ्चालनका लागि पञ्चपुरी नगरपालिका, सामुदायिक वन, व्यापारी लगायतका संघ संस्थाहरु सँग सहयोग संकलन गरेरिएको थियो ।

बाबियाचौर स्पोर्टस् क्लवको आयोजनामा भएको फुटबल प्रतियोगिताको विजेताले एक लाख पुरस्कार पाउने छ । भने उपबिजेताले नगद ४० हजार पाउने छन् । प्रतियोगितामा १४ वटा टिमले खेल खेल्नेछन् भने कार्तिक ३ गते सकिनेछ ।

प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६     11:51:54 AM  |