18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

खुलेकी बेनिशा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६  

काठमाण्डौं ।

नायिका बेनिशा हमाल अहिले निर्माता रौनिक विक्रम कँडेलको प्रेममा छिन् । रौनकसँगको प्रेमका कारण उनलाई फेरि एकपटक मिडियामा चर्चा त मिलिरहेको छ । चलचित्रको पर्दामा केही समयदेखि नदेखिएकी बेनिशाले नयाँ चलचित्र साइन त गरेकी छिन् तर त्यसको छायांकन सुरु हुन सकेको छैन ।

बेनिशा आफैले पनि कम चलचित्र गर्ने बताउँछिन् । उनै, बेनिशाको सामाजिक संजाल इन्स्टाग्राममा अहिले बोल्ड तस्वीर पोष्ट हुन थालेका छन् । बेनिशाले हालै मात्र पोष्ट गरेका दुई तस्वीरमा उनी आकर्षक र बोल्ड देखिएकी छिन् । बेनिशा चलचित्रमा काम गरेपनि नगरेपनि, विशेषगरि जीम भने छुटाउदैनन् । यसैले, पनि उनले आकर्षक फिगर बनाएकी छिन् ।

सायद, यही कारणले पनि हुनसक्छ बेनिशालाई आफ्नो आकर्षक फिगर शो गर्न मन लाग्ने गरेको छ । चलचित्रको पर्दामा केही गम्भिर र फरक भूमिका निर्वाहा गरेकी सुन्दरीको यो तस्वीरले चिसिदै गरेको काठमाण्डौको मौसमलाई नै चुनौती दिएको छ ।#ONLINEKHABAR

प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६     4:08:34 PM  |