29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

मनिषा कोइरालादेखि महिमा चौधरीसम्मः ‘डिभोर्स’पछि अहिले पनि ‘सिंगल’ छन् यी ७ नायिका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६  

बलिउडमा यस्ता जोडी पनि छन् जसले आफ्नै को–स्टारमा साँचो प्रेम भेटे । यसका साथै, यस्ता जोडीको पनि कमी छैन जसले साँचो प्रेम पाउँदासमेत सुखद वैवाहिक जीवन बिताउन सकेनन् र अन्ततः अलग्गिए । यीमध्ये कतिले दोस्रोपटक विवाह गरे भने कति आज पनि सिंगल छन् । आज हामी बलिउडका यस्तै केही हिरोइनबारे जानकारी दिँदै छौं जसले श्रीमानसँग अलग्गिएपछि पनि दोस्रोपटक विवाह गरेका छैनन् ।

मनिषा कोइरालाः

नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले नेपालकै व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । यी दुईको भेट फेसबुकमार्फत् भएको बताइन्छ । मनिषाले सम्राटसँग सन् २०१० मा विवाह गरेकी थिइन् तर सन् २०१२ मा यी दुईको सम्बन्धविच्छेद भयो । त्यतिबेलादेखि अहिलेसम्म मनिषा सिंगल छिन् ।

संगीता बिजलानीः

संगीता बिजलानी र सलमान खानबीचको सम्बन्ध १० वर्षसम्म चल्यो । दुबैको विवाह पनि हुने निश्चित भइसकेको थियो । तर कुनै कारणवश उनीहरुको सम्बन्ध टुट्यो । त्यसपछि संगीताले सन् १९९६ मा क्रिकेटर मोहम्मद अजरुद्दीनसँग विवाह गरिन् । यद्यपी, सन् २०१० मा दुबैको सम्बन्धविच्छेद भयो । त्यसपछि संगीताले विवाह गरेकी छैनन् ।

चित्रांगदा सिंहः

नायिका चित्रांगदा सिंहले गोल्फर ज्योति रंधावासँग विवाह गरेकी थिइन् । यी दुई सन् २०१३ मा अलग्गिए र सन् २०१४ मा सम्बन्धविच्छेद भयो । चित्रांगदा र ज्योति रंधावाको एउटा छोरा पनि छन् जसको कस्टडी चित्रांगदासँग छ । उनी आज पनि सिंगल मदर हुन् ।

अमृता सिंहः

अमृताले सन् १९९१ मा सैफ अली खानसँग विवाह गरेकी थिइन् । विवाहपछि अमृताले अभिनय पनि छोडिन् ताकि आफ्ना सन्तान सारा र इब्राहिमको सही तरिकाले हेरविचार गर्न सकियोस् । तर विवाहको १३ वर्षपछि अमृता र सैफको सन् २००४ मा सम्बन्धविच्छेद भयो । पछि सैफले करिना कपुरसँग विवाह गरे तर अमृता आज पनि सिंगल मदर हुन् ।

महिमा चौधरीः

महिमा चौधरी टेनिस खेलाडी लिएन्डर पेससँगको सम्बन्धमा थिइन् तर उनीहरुको सम्बन्ध टुट्यो । त्यसपछि महिमाले व्यापारी बबी मुखर्जीसँग विवाह गरिन् । यी दुइका ८ वर्षका छोरा पनि छन् । तर सन् २०१३ मा महिमा र बबीको सम्बन्धविच्छेद भयो । महिमा त्यतिबेलादेखि सिंगल छिन् ।

कोंकणा सेन शर्माः

हिन्दीबाहेक बंगाली सिनेमामा पनि आफ्नो भिन्न पहिचान बनाइसकेकी कोंकणा सेन शर्माले सन् २००७ मा नायक रणवीर शौरीसँग डेट गर्न सुरु गरिन् । सन् २०१० मा यी दुईको विवाह भयो । यद्यपि, सन् २०१५ मा दुबै अलग्गिए । कोंकणा र रणवीरका एक छोरा पनि छन् जसको कस्टडी दुबैसँग छ ।

पूजा भट्टः

फिल्मनिर्माता महेश भट्टकी छोरी एवं कुनै बेलाकी चल्तीकी नायिका पूजा भट्टले मनिष मखिजासँग प्रेम विवाह गरेकी थिइन् । तर यी दुईको विवाहको ११ वर्षपछि सम्बन्धविच्छेद भयो ।#एजेन्सी

प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६     8:32:04 PM  |