22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

नेपालगञ्ज उपमहानगरद्धारा ७ वटा बस संचालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १८, २०७६  

नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले ७ वटा नगर बस सञ्चालनमा ल्याएको छ ।परीक्षणका रुपमा केही दिनअघिबाट सडकमा गुड्न थालेका नगर बसेको शनिबारबाट औपचारीक रुपमा सञ्चालन गरिएको हो ।

नगर बस सेवाको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए । उपमहानगरले गाउँ नगर साझेदारी कार्यक्रम अन्तर्गत गरिबी निवारण कार्यक्रमलाई सफल बनाउन ७ वटा सुविधायुक्त सवारी सञ्चालनमा ल्याएको हो ।

बसबाट भएको आम्दानी सबै गरिबी निवारण कार्यक्रममा खर्चिने उपमहानगरले जनाएको छ । चालक र सहचालकलाई सरकारले तोकेको बमोजिम सुविधा उपमहानगरले दिनेछ ।

पहिलो चरणमा ६ वटा बसहरु कोहलपुर जमुनाहा सडक खण्डमा चल्नेछन् । उक्त नगर बसमा चालक पुरुष र सहचालक महिलालाई राखिएको उपमहानगरले जनाएको छ ।

बिस्तारै नेपालगञ्ज, कोहलपुरको सँगै गाईघाट, बेतनी, मिलनचोक लगायतका रूटमा बस चल्ने बताइएको छ । विद्यार्थी, अपांग, जेष्ठ नागरिकलाई नेपाल सरकारले तोकेबमोजिम सहुलियत दिइने महानगरले जनाएको
छ ।

प्रकाशित मितिः शनिबार, अशोज १८, २०७६     3:30:32 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *