22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

 भि¥याईयो घर घरमा फुलपाती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १८, २०७६  

कोहलपुर ।

बडा दशैको सातौ दिन शनिबार धार्मिक परम्परा अनुसार धुमधामका साथ घर घरमा फुलपाती भित्र्याइएको छ । धर्ममा आस्था राख्ने सर्वसाधारण तथा सरकारी सुरक्षा निकायले पनि बिशेष पुजा अर्चना गरेर फुलपाती भित्र्याएका थिए ।

बाँकेको नेपालगञ्जमा रहेको प्रसिद्व शक्तिपिठ बागेश्वरी मन्दिरमा पनी फुलपाती भित्र्याइएको छ । मन्दिरमा बाजागाजा सहित पुगेको नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले हर्षबढाई गर्दै फुलपाती भित्र्याएका हुन् ।

आ–आफ्नो ब्याण्ड टोली सहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली बागेश्वरी मन्दिर पुगेको थियो । नेपाली सेनाले फुलपातीका अवसरमा ५ टोपको सलामी चढाएको थियो भने शसस्त्र प्रहरी र नेपाल प्रहरीले मंगलधुन सहित सलामी चढाएको थियो ।

बागेश्वरी मन्दिरमा पुजा अर्चना गर्न समेत सर्वसाधारणको ठूलो भिड लागेको थियो । बागेश्वरीमा नवदुर्गा भवानीकै ९ स्वरुप मध्येकी एक शक्ति पिठकारुपमा पुजा गर्ने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।नेपाली हिन्दुहरुको मुख्य पर्व वडादशैंले छोपिसकेको छ ।

घर आगनमा दशै आइसक्दा विभिन्न कारणले घर बाहिर रहेकाहरुलाई भने घर फर्किने हतारो रहेको छ । शुक्रबारबाट सरकारी कार्यालयहरु पनी बिदा भएकाले समेत घर फर्किनेहरुको बसपार्कमा फर्को लागेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न बसपार्कमा दशै मनाउन घर फर्किने मानिसहरुको भिड लागेको छ । नेपालगञ्ज कोहलपुर लगायतका शहरमा रोजगारी तथा व्यवपार व्यवसायको सिलशिलमा रहेका मानिसहरु घर फर्किन थालेका छन् ।

नेपालगञ्ज, कोहलपुर, गुलरिया बसपार्कमा बिहानैदेखि अबेर साझसम्म बसको प्रतिक्षामा यात्रुहरु रहेका हुन्छन् । जिल्ला भित्र्ीने भन्दा पनी बाहिरीने यात्रुहरुको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

काम विशेषले विभिन्न ठाउँमा पुगेका परिवारका सदस्यहरु एकठाउँमा भेला हुने, मिठोमसिनो खाने र विजया दशमीको दिन ठूलावडाबाट आर्शिवाद दिने गरिन्छ । परदेशीहरुको घर फिर्तीले आफन्तजनको अनुहार उज्यालिन्छ ।

त्यसैले यही अवसरमा फर्किन्छन् परदेशी र घरबाट टाढिएका विद्यार्थी, कर्मचारी र सर्वसाधारण खुसी लिएर ।

यात्रुहरुले आवश्यकता अनुसार सार्वजनिक यातायातको नपाउँदा सास्ती पाएका छन् । लामो दुरीमा मात्र नभएर जिल्लाका ग्रामिण क्षेत्रहरुमा जाने गाडीहरुमा समेत सिट पाइन छोडेको छ ।

प्रकाशित मितिः शनिबार, अशोज १८, २०७६     3:22:26 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *