22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

रोशनी शाही र श्रीमानले गरे सम्बन्ध विच्छेद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६  

काठमाडौं । सभामुख कृष्ण बहादुर महराले आफूलाई यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद भएको छ ।

शाही र उनका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई आफूहरुले टुंग्याउने निर्णय गरेको पत्र चित्र जंगले फेशबुकमार्फत सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरिएको पत्रमा भनिएको छ ‘प्रीय जनहरु, ‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् ।

तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं ।’रोशनी शाहीले सभामुख महराले कोठामै आएर आफूमाथि बलात्कार गरेको भन्दै मिडियामार्फत सार्वजनिक गरेकी थिइन् ।

तर शाहीले भोलिपल्टै सभामुखबाट आफुमाथि कुनै दुर्व्यवहार नभएको भन्दै बोली फेरेकी थिइन् ।उनले प्रहरीमा जाहेरी दिन र स्वास्थ्य परिक्षण गराउन समेत अस्विकार गरेकी छन् ।

घटना हुँदा उपत्यका बाहिर रहेका चित्रजंगले काठमाडौं फर्केपछि श्रीमतीसँग अलग हुने निर्णयमा पुगेका हुन् । राजधानी दैनिकबाट साभार

प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६     12:10:06 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *