22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

आजबाट बडादसैँ शुभारम्भ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६  

कोहलपुर ।

आजबाट हिन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ भएको छ । आज घरघरमा घटस्थपना गरी दशैं शुभारम्भ गरिन्छ । दुर्गाले महिसासुरमाथि विजय प्राप्त गरेको दिनको रुपमा विजया दशमीमा मान्यजनबाट टिका र आशिर्वाद थाप्ने चलन छ । आजबाट नेपाली हिन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ भएको
छ । आज घरघरमा घटस्थपना गरी दशैं शुभारम्भ गरिन्छ ।

दसैंको पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा वैदिकहरूले नजिकको तीर्थबाट ल्याएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु (सुन, चाँदी, पित्तल, फलाम र तामा) एवं पञ्चपल्लव (पीपल, वर, आँप, दुमरी र पाखीको पात) राखेर जौ र मकै छरेर घटस्थापना गरिन्छ । तान्त्रिक मतालम्बीहरूले भने पञ्चमकारसहित तान्त्रिकविधिले ठूलो भगुतमा तीर्थबाट ल्याइएको बालुवा वा पंगमाटोमा जौ र मकै छरेर जमरा राखी घटस्थापना गर्छन् ।

यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन बिहान सबेरै एकरएक तीर्थमा स्नानका साथै एकरएक शक्तिपीठमा पूजा आराधना गरी नजिकको शिवलिङ्गमा अर्घ दिने गरिन्छ । विजयादशमीको दिन गुह्येश्वरीस्थित शान्ति तीर्थमा स्नान गरी गुह्येश्वरी माईको पूजा अर्चना गरी नवरात्रि मेला समापन गर्दछन् ।

नौ दिनसम्म सञ्चालन हुने भएकाले यस मेलालाई नवरात्रि भनेको बताइन्छ । यस बर्षको असोज २१ गते विजया दशमी परेको छ । दुर्गाले महिसासुरमाथि विजय प्राप्त गरेको दिनको रुपमा विजया दशमीमा मान्यजनबाट टिका र आशिर्वाद थाप्ने चलन छ ।

प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     8:45:12 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *