20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘नेपाल भ्रमण वष’ प्रचारमा जुटे बाँकेका विद्यार्थी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६  

शुभाकर विश्वकर्मा,कोहलपुर ।

‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार प्रसारमा बाँकेका विद्यार्थी नेताहरु सक्रिय भएका छन् । भ्रमण वर्ष सफल पार्नको लागि बाँकेका विद्यार्थी सक्रिय भएका हुन् ।

बाँके जिल्लामा रहेका विभिन्न पार्टीमा आवद्ध भातृ संगठनका विद्यार्थी नेताहरुको सहभागितामा पर्यटकीय अभियानको शुरुवात गरिएको हो ।

विभिन्न क्षेत्रमा लुकेर रहेका ऐतिहासिकm पर्यटकीय, पुरातात्विक र सास्कृतिक महत्व बोकेका स्थलहरुको प्रर्वद्धन गरिने अभियानको लक्ष्य रहेको छ ।

अन्तर्गत शनिबार बाँके जिल्लामा रहेका बागेश्वरी मन्दिर, रानीमा अवलोकन गरिएको छ ।

अभियानको अवधिभर पर्यटकीय स्थलमा गएर त्यस क्षेत्रको महत्वलाई विभिन्न संचार माध्यम र सामाजिक र व्यक्तिगत रुपमा समेत व्यापक प्रचार प्रसार गरिने छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ का बाँके संयोजकको रुपमा विद्यार्थी नेता राजेश वली रहेका छन् । उनको संयोजकत्वमा सम्पुर्ण विद्यार्थी संगठनका नेताहरुको सहभागिता रहने जनाईएको छ ।

अभियान मार्फत बाँकेका पर्यटकीय गन्तव्यहरुको प्रसार प्रसार गर्ने मुख्य उद्धेश्य रहेको अभियान्ता धर्म शाहीले बताए ।

उनका अनुसार विशुद्ध सामाजिक उत्तरदायित्व बोध गर्नका लागि विद्यार्थीहरुको तर्फबाट अभियानको थालनी गरिएको हो । ‘नेपाल भ्रमण वर्ष २०२०’ सकिञ्जेल सम्म अभियान निरन्तर संचालन हुने अर्का अनेरास्ववियूका विद्यार्थी नेता तथा अभियान्ता देवेन्द्र बहादुर बुढाले जानकारी दिए ।

यस अघि पनि दुई पटक लायन्स पार्क गाँभर, कोहलपुर भ्यु टावर बर्दिया जिल्लाको बढैया ताल र केदारनाथ धाममा अवलोकन गरिएको नेविसंघका विद्यार्थी रामराज मल्लले जानमारी दिएका छन् ।

बाँके जिल्लामा विद्यार्थीहरुको तर्फ बाट शुरु भएको अभियानमा अनेरास्ववियुका बाँके अध्यक्ष मोहित शाह, सचिव टेकेन्द्र मल्ल र क्रान्तिकारीका बाँकेका अध्यक्ष सुरेन्द्रजंग शाह लगायतका नेताहरुको विषेश उपस्थिति ÷ समर्थन र साथ सहयोग रहेको छ ।

प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६     7:47:13 PM  |