12 August 2020  |   बुधबार, साउन २८, २०७७

सनराइज बैंकद्वारा कम्बल वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६  

डिल्ली शाही । बाँकेको कोहलपुरमा रहेको सनराइज बैंकको १२औं वार्षिकोत्सवको अवसरमा अपाङ्ग असहाय, जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । शनिबार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कोहलपुर नगरपालिका वडा नं. ५ का ३१ जना अपाङ्ग, असहाय, जेष्ठ नागरिकलाई कमल वितरण गरेको हो । कोहलपुर नगरपालिका उपप्रमुख तथा सामाजिक सुरक्षा कार्यक्रम अनुगमन मूल्याङ्कन समिति संयोेजक सञ्जु कुमारी चौधरी र सनराइज बैंकका कोहलपुर प्रवन्धक मनोज कुमार आचार्यले संयूक्त रुपमा कम्बलवितरण गरेका थिए ।

कोहलपुर नगरपालिका उपप्रमुख तथा सामाजिक सुरक्षा कार्यक्रम अनुगमन मूल्याङ्कन समिति संयोेजक सञ्जु चौधरीले सामाजिक सुरक्षा भत्ता लिन कुनै समस्या नहुने बताइन् । उनका अुनसार खानेपानी शौचालय, सिडीबाट माथि चढ्ने समस्याले आफ्नो सुरक्षा भक्ता लिन समस्या हुने गरेको थियो । अब सामाजिक सुरक्षा भत्ता घरआगनमा पु¥याउने उदेश्यले बैंकहरुसँग सम्झौता भइसकेको उनको भनाई थियो ।

यस्तै सनराइज बैंक १०२ औं शाखा कोहलपुरका शाखा प्रबन्धक मनोज कुमार आचार्यले बैंकबाट स्वास्थ्य, शिक्षामा, वृक्षारोपन लयागत अन्य कार्यक्रम गरी सहयोग गर्ने गरेको बताए । उनका अुनसार नेपाल राष्ट्र बैंकले सामाजिक उतरदायित्व अन्र्तगत आफ्नो शाखा रहेकोे स्थानीयमा विभिन्न कार्यक्रमहरु पनि गरेका छौं । आफ्नो बैंकले सहज र सरल तरिकाले सेवा पु¥याउने कोहलपुरका शाखा प्रबन्धक मनोज कुमार आचार्य बताए । नेपालमा सनराइज बैंक १२२ वटा रहेका छन् ।

कार्यक्रमममा कोहलपुरका नगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद तिवारी, वडा सचिव लगायत अन्य अभिभाकवहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६     11:32:03 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *