22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

समृद्धि ल्याउने आर्थिक विकास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६  

नेपालको अर्थतन्त्रलाई मुख्य प्रभाव पार्ने क्षेत्र हुन्, भन्सार र रेमिट्यान्स । यि दुई अर्थतन्त्रका स्रोतको भरमा चलिरहेको छ देश । भन्सार र रेमिट्यान्सको भरमा चल्ने जुनसुकै राष्ट्र अर्थतन्त्र परनिर्भर मानिन्छ ।नेपालको अर्थतन्त्र नै परनिर्भर छ । नेपालको बहुसख्यक जनसंख्या कृषि क्षेत्रमा निर्भर भएका कारण कृषि क्षेत्रपनि ओगट्दै आएको छ । बढ्दो आधुनिकिकरण, प्रविधिकरण र चरम बेरोजगारीका कारण कृषि क्षेत्रको प्रभाव ओरालो अवस्थामा रहेको छ । फलत ः कृषि योग्य जमिन वर्षेनी बाँझो हुदै गएको छ । देशमा रोजगारीको अवस्था सिर्जना नहुदाँ देश विकासको मेरुदण्डको रुपमा रहेको यूवा जनशक्ति विदेश पलायन भईरहेका छन् । देशको शासकीय स्वरुप परिवर्तन भएपछि यस क्षेत्रमा पनि निकै ठूलो प्रभाव परेको छ । संघियता कार्यान्वयनमा आएदेखी नै देशको अर्थतन्त्र उथलपुथल अवस्था रहेको छ । आर्थिक व्यवभार निकै बढेको छ ।

तीन वटा सरकारमा सबैभन्दा बढि जनप्रतिनिधिको पारिश्रमिकले समेत प्रभाव पारेको अर्थ विज्ञहरु बताउछन् । चालु आर्थिक वर्षको बजेट समेत सन्तुलित नभएको व्यवसायीबाट गुनासो आईरहेको छ । आर्थिक व्यायभार बढि भएका कारण दातृ निकायको अनुदानको भर पर्नु पर्ने अर्को समस्या आईपरेको छ । त्यसैले वर्तमान सरकारले भनेको जस्तो आर्थिक समृद्धि सहितको समाजबादको बाटो त्यति सजिलो छैन । आर्थिक समृद्धिको लागि कुनै पनि मुलुकमा भष्ट्रचारमा शुन्य सहनशिलता आवश्यक हुन्छ । हाम्रो मुलुकमा भष्ट्रचार प्रमुख समस्या रुपमा रहेको छ ।

अहिले त अख्तिायारमा सबै भन्दा बढि स्थानीय तहमा भष्ट्रचारका मुद्धा परेको तथ्याक छ । स्थानीय तह भष्ट्रचार गर्ने थलोको रुपमा परिणत भइरहेका छन् । विकास र आर्थिक समृद्धिको खाका स्थानीय तह बाटै खोल्नु पर्ने हो । तर अहिलेको शासन प्रणाली जनताको तिव्र असन्तष्टीका बीच चलिरहेको छ । स्थानीय सरकारका बेरुजु त झन करोड भन्दा तल छैनन् । स्थानीय तहले आर्थिक समृद्धिको खाका कोर्नु आवश्यक देखिन्छ । जनता र सरकार बीचको दुरी बढ्नु हुदैन । विकासमा साझेदारी अहिलेको अपरिहार्य आवश्यकता हो । यस विषयमा जनप्रतिनिधि समय मै सचेत हुनु पर्ने आवश्यक छ । समृद्धि ल्याउने आर्थिक विकास नै हो चाहिने ।

प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६     8:28:27 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *