19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६  

 

न्यूयोर्क, ९ असोज (रासस) ः नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गरे ।
राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज भएको एक सङ्क्षिप्त समारोहमा दुवै देशका विदेशमन्त्रीले उक्त दस्तावेजमा हस्ताक्षर गरेपछि पारस्परिक हित र चासोका विषयमा सहकार्य र साझेदारी गर्ने एवम् व्यापार तथा पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गरिने बताए ।

प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६     6:49:47 PM  |