22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज ८, २०७६  

तुलसीपुर ।
दाङमा महिला र बालबालिका हराउने क्रम बढेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ का दुई महीनामा ३४ महिला तथा २९ बालबालिका हराएका छन् ।

जसमा १६ बालिका र १३ बालक हराएका छन् । तीमध्ये छ महिला, पाँच बालिका र पाँच बालक फेला परेका छन् भने अन्य २८ महिला ११ बालिका र आठ बालक सम्पर्कमा आउन सकेका छैनन्् ।

सो तथ्याङ्क हेर्दा महिला र बालबालिका गरी हराएका ६३ मध्ये १६ फेला परेका छन् भने अझै ४७ फेला पर्न सकेका छैनन् ।

हराएमा खोजीका लागि प्रहरीलाई खबर गरे पनि कतिपयले भने भेट्टाउँदा खबर नगर्ने प्रवृत्ति रहेकाले पनि तथ्याङ्कमा तलमाथि हुने गरेको उहाँको भनाइ छ ।

विभिन्न प्रलोभनमा पारेर महिला तथा बालबालिकालाई घरपरिवारबाट सम्पर्क टुटाएर काममा लगाउने, बाहिरी मुलुक लैजाने, महिला पारिवारिक समस्याका कारण तथा श्रीमान्, वैदेशिक रोजगारका क्रममा गएका र घरमा श्रीमतीले पैसा हिनामिना गरेर घरबाट हिँड्ने गरेकाले पनि यस्तो समस्या रहेको उनले बताए ।

हराएका महिला बालबालिकालाई रोक्नका लागि बढी भूमिका अभिभावककै रहने हुँदा अभिभावक जिम्मेवार बन्न आवश्यक रहेको समेत प्रहरी निरीक्षक गौतमले बताएका छन् ।

यसैगरी नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ ।

बालबालिकालाई काममा लगाउँदा पारिश्रमिक दिन नपर्ने भएका हुँदा श्रमको लागि लैजाने गरेको उनको भनाइ छ ।

प्रकाशित मितिः बुधबार, अशोज ८, २०७६     7:06:41 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *