22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

प्रविधिमैत्री शिक्षा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज ८, २०७६  

नेपालको सामुदायिक शिक्षा प्रणाली समय सापेक्ष हुन सकेको छैन । शिक्षा प्रणाली प्रविधिको तिव्र विकास संगै परिमार्जन पनि हुन हुन नसकिरहेको अवस्था छ । प्रविधिको यो जमानामा नेपालको शैक्षिक प्रणाली परम्परागत जस्तै छ । विश्वमा प्रविधिले नयाँ नयाँ आविष्कार र चमत्कार देखाईरहेका बेला हामी शिक्षक केन्द्रीत सैदान्तिक शिक्षाको प्रयोग गरिरहेका छौ । सरकार वर्षेनी सबै भन्दा बजेट लगानी शिक्षा क्षेत्रमा गर्दै आईरहेको छ । तर शिक्षा क्षेत्रको अपेक्षित विकास अझै भएको छैन । केही दशक अघिको भन्दा केही फरकपन शिक्षा क्षेत्रमा देखिन थालेको भएपनि विज्ञान र प्रविधिको तीव्र विकास भईरहेको अवस्था सोही अनुसार शिक्षाका नीति, नियम बदलिन नसक्दा समस्या भईरहेको छ ।

नेपालको राजनिति भर्खर अस्थिरता उन्मुखबाटो तिर जादै छ । शिक्षा क्षेत्रमा गर्नै नहुने फोहोरी खेल राजनिति अझै हावि नै छ । त्यसको असर र प्रभाव शिक्षाको सर्वागिर्ण विकासमा परेको छ । शिक्षक कथित ट्रेड युनियनको राजनितिमा लागेका कारण विद्यालय संचालनमाको मुल्य र मान्यता माथि नै प्रश्न चिन्ह खडा भईरहेको छ । शिक्षक नियुक्तिमा चरम राजनितिकरण हुने गरेको छ । विद्यालय त अझ राजनिति गर्ने उपयुक्त थलोको रुपमा परिणत भईरहेको तितो यर्थात हाम्रा सामु छ । शिक्षा क्षेत्रलाई राजनितिबाट मुक्त गराउनु पर्ने अहिलेको आवश्यकता हो । शैक्षिक अवस्था सुधारको लागि त्रिपक्षीय सम्बन्धको सबै भन्दा ठुलो आवश्यकता हुने गर्दछ विद्यालयमा । नीति नियम समेत सरकारले समय सुहाउदोँ, युगको आवश्यकता र राज्यले धान्न सक्ने खालको तर्जुमा गर्नु पर्दछ । शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्यमा शिक्षा क्षेत्रमा धेरै राम्रा काम सम्पन्न गर्न सकिने राम्रा सामु केही उदाहरणहरु छन् ।

त्यसैले शिक्षालाई समय सापेक्ष बनाउनु आजको आवश्यकता र अपरिहार्य हो । अहिले त शिक्षाको विकासको जिम्मेवारी स्थानीय तहलाई समेत रहेको छ । स्थानीय तहमा रहेका शिक्षाका शाखाहरु राजनितिबाट मुक्त हुनु पर्छ । आफ्नो होईन अब्बल रोजाई बन्नु पर्छ । गुणस्तरीय शिक्षा प्रदान गरिनु पर्छ । आजको युगको शिक्षा रोजगारमुलक, प्रयोगात्मक र जीवनउपयोगी खालको हुनु पर्ने हुन्छ । अझ प्रविधिमैत्री शिक्षा, प्रविधिमा दख्खल राख्ने विद्यार्थी र प्रविधि बुझेका शिक्षक र अभिभावक चाहिएको छ । गुणस्तरीय र रोजगारमुलक शिक्षाको लागि ।

प्रकाशित मितिः बुधबार, अशोज ८, २०७६     8:21:16 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *