25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

क्रीसाको अध्यक्षमा डाँगी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ २९, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन (क्रीसा) को अध्यक्षमा शिव प्रसाद डाँगी चयन भएका छन् । कोहलपुरमा भएको नवौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । क्रीसाको उपाध्यक्षमा लक्ष्मण सिंह, सचिवमा नवकिरण शाह र कोषाध्यक्षमा झलक ओली चयन भएको बताइएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा बेगम चन्द, विष्णु केसि, रमेश खत्री, प्रकश मल्ल र प्रभात भारती रहेका छन् । नवौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको प्रदेश नम्बर ५ कि कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरेकी थिइन् । उनले संस्थागत विद्यालयले शैक्षिक विकासमा महत्वपुर्ण भूमिका खेलेको दाबी गरिन् । कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले संस्थागत विद्यालय सँग सहकार्य गरेर कोहलपुरलाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताए ।

उद्घाटन समारोहमा नेशनल प्याव्सन प्रदेश नम्बर ५ का सदस्य कमल पछाई, नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारी लगायत बोलेका थिए । नवनिर्वाचित अध्यक्ष डाँगीले संस्थागत विद्यालयको हकहितमा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

प्रकाशित मितिः आइतवार, भदौ २९, २०७६     1:06:11 PM  |