18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मेरठ साहित्यिक यात्रा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६  

महानन्द ढकाल। 

ख) हस्तिनापुरको दर्शन

‘आपका स्वागत हे’ ठूलो होडिङ् बोर्डमा लेखिएको थियो । क्ष्क्ष्ःत् विश्वविद्यालय मूलगेटमा लगाइएको यो ठूलो होडिङ् बोर्डसङ्गै स्वागतका लागि केही भारतीय साहित्यकारहरु खटिएका थिए । हाम्रो तीन दिने मेरठ साहित्यक महाकुम्भ मेला यही विश्वविद्यालयको हाताभित्र तयारी हुँदै थियो । विश्वविद्यालय नयाँ बेहुलीजस्तै सिङ्गारिएको थियो । हामी दिनको ठिक ३ः१५ मा मेरठ पुगेका थियौं । यतिबेलासम्म विभिन्न स्थानबाट सहभागी आइसक्नु भएको थियो भने अझै आउने क्रम जारी थियो । गेटमा कडाइ गरिएको थियो । पूर्व सूचनाका आधारमा मात्र प्रवेश गराइने व्यवस्था रहेछ । हामी आवश्यक चेक जाँच गराएर बास बस्ने ठाउँमा पुग्यौं ।

प्राप्त सूचनाका आधारमा प्रति कोठा दुई जनाका दरले बसाइको व्यवस्थापन गरिएको रहेछ । रातभरि र दिनभरिको थकान मार्न केही बेर आराम ग¥यौं । भोक लागिरहेको थियो । यो समय खानाका लागि उपयुक्त थिएन । भान्सा उठिसकेको रहेछ । हामी कलेजको क्यान्टिनतिर लाग्यौं । ब्रेड चिया खायौं । ‘चावल मिलेगा’ भनेर सोध्न मन लागेको थियो । एकातिर भाषाको समस्या अर्कोतिर अनुपयुक्त समयले गर्दा सोधिन ।

मेरठ साहित्यिक महाकुम्भ मेला मङ्सिर २४, २५ र २६ तीन दिनसम्म जारी थियो । मनमा अनेक खालका उत्सुकताहरु उठेका थिए । मेरो विदेशको पहिलो साहित्यिक यात्रा थियोे । नेपाल लगायत विभिन्न देशका साहित्यकारहरुको ठूलो जमघट रहने कुरा यहाँको भव्यताले प्रष्ट पाथ्र्यो ।  हामी बिहान ५ बजे नै उठी सकेका  थियौं । खाना, नास्ता र कार्यक्रमका तीन दिने कार्यक्रमहरुका टाइमटेबलहरु पहिले नै निश्चित भइसकेका थिए । राति अबेरसम्म नेपालका विराटनगर, चितवन, दाङदेखि दार्चुलासम्मका साहित्यकारहरुको उपस्थिति भइसकेको थियो । सबैसँग भेटघाट र घनिष्टता बढाउने रहर पनि थियो तर यो सम्भव हुने देखिएन । विराटनगरका देवी पन्थी, राजेन्द्र गुराँगाई, राधिका गुराँगाई, गोकुल अधिकारीहरु फेसबुकबाट यस पूर्व नै परिचित हुनुहुन्थ्यो । काठमाण्डौका नवराज पुडासैनी, नुवाकोटकी सुमित्रा पौडेल ‘सुमी’, म्याग्दीका घायल श्री, चितवनका केशवराज आमोदी, गोर्खे साइलो, अम्बिका कार्की, मकवानपुरका विर्खे अञ्जान, दाङ्गका छविकिरण वली, डडेल्धुराकी चेतनादेवी कंडेल र कञ्चनपुरका लक्ष्मीदत्त भट्टसँग पुरानै चिनापर्ची थियो । यो सम्मेलनले नवीकरण गराइदियो ।

रुसबाट डा. मिनु शर्मा, नर्वेका शरद आलोक, भुटानका छत्रपति फुवाल र बंगलादेशका डा. फारुख प्रधानको उपस्थिति रहेको सूचना प्राप्त भएको थियो । भारतको सिक्किमबाट जीविका अश्रु सहितको एघार जनाको टोली आइसकेको थियो । विभिन्न प्रदेशको उपस्थिति रहेको यो भेला साच्चिकै मेलाजस्तो बनेको थियो । एक अर्कासँग परिचय आदान प्रदान एवम् अनुभव साटासाट चलिरहेको थियो । उमेरले खारिएका र अनुभवले खारिएकाहरुका अगाडि आफूलाई ‘सिसिपस’ जस्तो पो लाग्यो । पौने १२ बजे पहिलो दिनको पहिलो कार्यक्रम सुरु भयो । उद्घोषक सुनिल शर्माको जादुगरी उद्घोषण थियो । हेर्दा पनि जादु देखाउने चट्केजस्तै । पहिरन पनि त्यस्तै, एक्टिङ पनि उस्तै । झन्डै पौने घण्टा त उनले सभापतिलाई बोलाउनु भन्दा पहिला व्रिफिङ गरे । डा. योगेन्द्र शर्माको सभापतित्वमा कार्यक्रम सुरु भयो । प्रमुख अतिथि नेपालका डा.वसन्त चौधरी थिए भने मञ्चमा रसियाका मिनु शर्मा, नर्वेका डा. शरद आलोक, भुटानका छत्रपति फुवाँल, बंगलादेशका डा. फारुख प्रधान, नेपालका सनतकुमार रेग्मी, भारतका डा. ईश्वरचन्द्र मिश्र, डा. मिनाक्षी, डा. विजय पण्डित, डा. योगेश मोहन गुप्ताको उपस्थिति थियो । सरस्वतीको मूर्तिमा माल्यार्पण गरी शुरुभएको उद्घाटन सत्र पौने तीन बजेसम्म चल्यो ।

चार बजेबाट दोस्रो सत्र सुरु भयो । खाना खाएर फर्कने क्रम जारी थियो । यो सेसन मेरठको इतिहास तथा बहादुरीसँग सम्बन्धित थियो । भारतको स्वतन्त्रताको लागि मेरठको योगदान महत्वपूर्ण रहेको, अंग्रेज विरुद्ध मेरठमा सन १८२४ देखिनै आन्दोलन सुरु भएको र यहीको सिको अरुले गरेको कुरा कार्यक्रमको निचोड थियो । मेरठमा स्वतन्त्रता दिवस १० मे मा मनाइदो रहेछ । पहिलो दिनको तेस्रो सत्रको कार्यक्रम गजल, मुसायराको थियो । पौने ६ बाट सञ्चालन भएको गजल, मुसायरा झन्डै दुई घण्टा चल्यो । डा. क्षमा गुप्ता, अनमेश शर्मा, सुधिर शर्मा, देवी पन्थी, कञ्चना झा, दिलदार सरदार डा. शिखा कोसिक, डा. श्वेता दिप्ती, डा. सरोजनी तनाह, विजय तिवारी आदिका गजलहरुले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । हिन्दी, उर्दू र नेपाली गजलहरुको स्वाद मज्जैसँग लिन पाइयो । गजल मुसायरको अन्त्यमा सनत कुमार रेग्मीलाई ‘साहित्य शिखर सम्मान’ प्रदान गरियो भने नेपालबाट प्रकाशित भएका हिमालिनी, कल्पतरु, साहित्य त्रिवेणी प्रत्रिकाहरुको विमोचन गरियो । मञ्चको सदुपयोग राम्रैसङ्ग गरिदो रहेछ भारतीय कार्यक्रममा । कार्यक्रम स्थलबाट बाहिरिँदा रातको साढे आठ भइसकेको थियो ।

भोलिपल्ट बिहानको नास्तापछि दोस्रो दिनको पहिलो सत्र सुरु हुनेवाला थियो । मेरठ वरिपरि हेर्न र घुम्न मिल्ने ठाउँहरु के के होलान् भन्ने हुटहुटी मनभरि थियो । सम्मेलनमा भाग लिएर लुरुलुरु फर्कन मनले मानेको थिएन । हस्तिनापुरको चर्चा भने मेरठ यात्राको सुरुबाट नै सुनेको थिएँ । सम्मेलनको कुनै सत्र छोडेर भएपनि हस्तिनापुर पुग्नु पर्छ भन्ने लागिसकेको थियो । मेरठ नजिक, हेर्न लायक र हेर्नै पर्ने स्थान हस्तिनापुर थियो । महाभारतमा हस्तिनापुरको चर्चा निकै गरिएको छ । कौरव र पाण्डव बीचको युद्धको कारण यही हस्तिनापुर राज्य थियो । इन्डियन सिरियल महाभारतमा हस्तिनापुर धेरैपटक हेरेको थिएँ । मेरठ आएर हस्तिनापुर पुग्न नसके ठूलो पछुतो हुनेवाला थियो । पहिलो चरणको कार्यक्रम छोडेर भए पनि हस्तिनापुर घुमेरै छोड्ने निर्णयमा पुगें । सनत रेग्मी, सृजन लम्साल, तामिलनाडुका कृष्णराज, डा.जमुना, काठमाडौंका नवराज पुडासैनी, पल्लवीदेवी पुडासैनी सहितको हस्तिनापुर जाने टोली तयार भयो । क्ष्क्ष्ःत् कलेजको मुल गेटबाटै चार पाङ्ग्रे लियौं । हस्तिनापुर मेरठबाट उत्तर पश्चिम करिब ६० कि.मि. टाढा रहेछ । सबेरै जाउँला भन्दाभन्दै मेरठमै दश बज्न थालेको थियो । बिहानको चियानास्ता खाएर हामी म्याजिक रिर्जव गरेर क्ष्क्ष्ःत् कलेजबाट हस्तिनापुरतिर लाग्यौं । सबै साथीहरु कार्यक्रम स्थलतिर लाग्दै थिए । आपूmहरु हस्तिनापुरतिर लाग्दा कताकता ‘धान छोडेर लप्सी’ भने झैं पनि भएको थियो । मेरठको पुरानो नाम मायापुरी थियो । मन्दोदरीका बुवाले निर्माण गरेको मायापुरी रावणको ससुराली मानिन्छ । हामी मायापुरी पार गरेर हस्तिनापुरतिर जाँदै थियौं । निकै मलिलो देखिने जमिनमा उखुका बोटहरु लोभलाग्दा देखिएका थिए । यतिका उखुखेती मलाई अचम्म लाग्दै थियो । हिड्दै गर्दा थाहा भयो यस क्षेत्रमा ठूलो चिनी मिल रहेछ । उखुको रस पकाएको गन्धले नाकै फुट्ला जस्तो भयो । टाउको दुख्न थाल्यो । यस स्थानका मानिसले कसरी दिनरात कटाएका होलान् ?

करिव एक घण्टापछि हामी हस्तिनापुर पुग्यौं । हस्तिनापुरको सभ्यता निकै पूरानो थियो । यहाँको प्राचीन बस्ती लगभग १००० इसा पूर्वभन्दा पहिलाको मानिन्छ । पौराणिक किवदन्ती अनुसार सम्राट भरतको समयमा पुरुवंशी वृहत्क्षत्रका पुत्र हस्तिन् राजा बने । जसले आफ्नो राजधानी यस स्थानलाई बनाए । राजा हस्तिनले राजय स१चालन गरेको यो क्षेत्र हस्तिनापुर कहलिन थाल्यो । कालन्तरमा गंगा नदीमा आएको बाढीले कयौं पटक यहाँको बस्ती तहस नहस भएको इतिहास पढ्न पाइन्छ । हाम्रो घुमाइ पाण्डव किल्लाबाट सुरु भयो । हामी सिढीं चढेर पाण्डव किल्ला पुग्यौं । केही उच्च थुम्कोजस्तो देखिने ठाउँ पुरै जङ्गलले ढाकेको थियो । प्रवेशद्वारमा प्राचीन मन्दिर थियो । जयन्तीमाता शक्ति पिठ लेखिएको मन्दिरको दर्शन ग¥यौं । हुन त सबैले देवी देवता मानेर मन्दिरकै दर्शन गर्ने गर्छन् । देवी देवताको दर्शन गर्ने कोही छन् जस्तो पनि लाग्दैन । देवी देवता भनेका अमुक शक्ति हुन् । अमुक शक्ति सबै शक्तिभन्दा बलियो हुने गरेकोले मानिसहरु यसको वसमा परेका हुन् भन्ने मेरो धारणा छ ।

मन्दिरको छेउमा शंकर भगवानको मूर्ति घेरेर राखिएको थियो । हामी पाण्डव किल्लाको पश्चिमतिर लाग्यौं । केहीमाथि विश्वशान्ति महायज्ञ मन्दिर रहेछ । सन् १९१९ मा पुनः निर्माण गरिएको यस मन्दिरको पश्चिममा अमृत कुप (कुवा) थियो । पाण्डव कालीन मानिने यो कुवाबाट निकालिएको पानीले चर्मरोग निको हुने जनविश्वास रहेछ । यो कुवाको पानी हेर्दा मलाई भने त्यस्तो लागेन । पातपतिङ्गर आदि खसेर फोहोर देखिने यो पानीले चर्मरोग निको पार्ने होइन चर्मरोग होला जस्तो पो लाग्यो । जे भएपनि स्थानीयले भनेको कुरा मान्दै नमान्न पनि त भएन ।

हामी अमृत कुपबाट पाण्डवेश्वर मन्दिरतिर फर्कियौं । सन् १८५५ मा पुनर्निर्माण गरिएको यो मन्दिरमा फरक किसिमको शिवलिङ्ग देख्न पाइयो । ‘विश्वमा यस्तो शिवलिङ्ग कही पनि छैन् ।’ मन्दिरका पुजारीले मन्दिर अति प्राचीन र महत्वपूर्ण रहेको प्रमाणित गर्न खोज्दै थिए । पुजारीको कुरा ठिक होला नहोला तर मन्दिरको भूगर्भ गृहमा प्रतिस्थापन गरिएको शिवलिङ्ग फरक किसिमको भने अवश्य थियो । मैले देखेका हरेक ठाउँका शिवलिङ्गहरु लिङ्गकै आकारका थिए तर यहाँ फरक आकृतिको पाएँ । शेष नागको रुपमा रहेको शिवलिङ्ग मैले अन्त कतै देखेको थिइन । पञ्च पाण्डवका मूर्तिहरुसमेत शेषनागको आकृतिमा रहेका थिए । पाण्डव किल्लाबाट हामी जैन दिगम्बर, जैन बडा मन्दिरतिर हानियौँ । यति बेलासम्म दिनको ११ः३० बजेको थियो । हस्तिनापुर, जैन धर्मका महान् २४ जना प्रमुख प्रर्वतकहरुमध्ये श्री शान्तिनाथ, कंटुनाथ, अरहनाथको जन्मस्थान मानिदो रहेछ । यी तीन महापुरुषले हस्तिनापुरलाई राजधानी बनाएर
६ खण्डमा राज्य सञ्चालन गरेको भन्ने सुन्न
पाइयो । महाभारतकालमा भारतको राजधानी हस्तिानापुर क्षेत्रका रुपमा रहेको भन्ने भनाइ इतिहासकारहरुको भनाइ रहेछ । हस्तिानापुर र जम्मुद्विप तीर्थ स्थानका रुपमा परिचित ठाउँ
हो । बौद्ध मार्गीहरुको लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल भएजस्तै जम्मुद्विप तथा हस्तिनापुर जैनमार्गीहरुको तीर्थ स्थल रहेछ । जैन दिगम्बर बडा मन्दिर निकै विशाल लाग्यो । नौ तला माथि सुन्दर आकृतिमा निर्माण भएको यो मन्दिर विमलनाथमा सर्मपित गरिएको रहेछ । मन्दिरको चारै किनारामा चार कल्याणको प्रकृति मानिदो रहेछ । यो मन्दिरको शीर भागमा विमलनाथको आकर्षक प्रतिमा स्थापित गरिएको रहेछ । गोलो र विशाल भीमकाय यो मन्दिर बाहिरबाटै हे¥यौं । यसको निर्माण सम्पन्न गर्न कति कठिन थियो होला ? यसलाई यो आकृतिमा किन बनाइयो ? यो विशाल मन्दिरको वरिपरि घर तथा पसलहरु नहुनु पछाडिको रहस्य के होला ? जस्ता दर्जनौं प्रश्नहरु मनमा उब्जिए । यो मन्दिर हस्तिनापुरको सबभन्दा ठूलो र पुरानो जैन मन्दिर मानिदो रहेछ । यो मन्दिर कलात्मक तरिकाबाट बनेको रहेछ । यो मन्दिरको अनौठो विशेषता पूरा उचाई सर्पको आकारमा रहनु रहेछ । यो मन्दिरको आन्तरिक साजसज्जा जैन धर्मशास्त्रसँग जोडिएको छ । यसको साजसज्जा चित्रमा झन्डै ८ किलो सुन लेपन गरिएको मानिदो रहेछ । यो विशाल मन्दिर परिसरमा एउटा लाइब्रेरी, वृद्धाश्रम, जलमन्दिर, आचार्य विद्यानाथ सङ्ग्रहालय र कैलाश पर्वत निर्माण गरिएको रहेछ ।

हस्तिापुरमा जैनधर्मका मन्दिरहरु एकदुई दिनमा घुमेर सकिदो रहेनछ । जुन मन्दिर हे¥यो उस्तै भव्य, सुन्दर र कलात्मक । कुन मन्दिर  हेर्ने ? कुन नहेर्ने ? हरेकमा आ–आफ्नै  विशेषता । सफा, सुन्दर र चित्तार्कषक । हामीलाई दोधार भयो । छोड्न पनि मन छैन, हेर्ने पनि समय पुग्दैन । समयले कस्तरी बाँधेको छ है मान्छेलाई ? जैन दिगम्बर बडा मन्दिरबाट हामी सिधै जम्मुद्विप दर्शनमा गयौं । जम्मुद्विपले ओगटेको क्षेत्र विशाल थियो । यो द्विपमा प्रवेश गर्ने वित्तिकै सुमेरु पर्वतको दर्शन गर्न पाइयो । १०१ फिट अग्लो यो पर्वत चढ्न १३६ ओटा सिंढी बनाइएको रहेछ । जम्मुद्विप परिसर निकै सफा थियो । विभिन्न प्रकारका मन्दिर तथा फूलहरुले यो क्षेत्रलाई निकै सुन्दर बनाएका थिए । जम्मुद्विप परिसरभित्र तेह्रद्विप, जीन मन्दिर, नन्दीश्वर द्विप, ऋषभदेव कीर्तिस्तम्भ, ध्यान मन्दिर, अष्टापद मन्दिर, प्रवचन हल, पुस्तकालय, नवग्रह शान्ति मन्दिर, कमल मन्दिर आदि निकै कलात्मक तरिकाबाट निर्माण गरिएका थिए ।

जम्मुद्विप परिसरमा मात्रै घन्टौं घुम्ने र अवलोकन गर्ने स्थानहरु थिए । हामीले खाना खाएका थिएनौं । सनत दाइ हतार मानिराख्नु भएको थियो । हाम्रो छोटो घुमाइले हस्तिनापुरको रहश्य पुरा खुल्नेवाला थिएन । घुमेर नसकिने पक्का भएपछि कतिपय सुन्दर मन्दिरहरु बाटैबाट अवलोकन गर्नु नै श्रेयष्कर लाग्यो । समयले जेजति साथ दियो त्यतिमा नै चित्त बुझायौं । पापडको लागि समेत निकै प्रख्यात रहेछ यो क्षेत्र । हस्तिनापुरको यति दर्शन गर्नु पनि मेरो लागि ठूलो कुरो बन्यो । बाटामा देखिएका भव्य र सुन्दर जैन मन्दिरको गेटबाटै फोटा खिच्दै हामी हस्तिनापुरबाट बाहिरिन थाल्यौं ।

हस्तिनापुर अझैपनि गाउँले जनजीवनमा रहेछ । आ–आफ्ना घर अगाडि घोडाका ठूलाठूला मूर्ति राख्नुको खास रहस्य भने कसैसँग सोधिएन । हस्तिनापुर र घोडाको पूरानो सम्बन्ध थियो भन्ने अड्कलवाजी गर्न सहज बनाइरहेका थिए घरको अगाडि रहेका घोडाहरुले । समथर, मलिलो र दुई गंगा नदीको किनार भएकोले उतिबेला यो निकै घना र भारतखण्डेको राजधानी रहेको मानिएता पनि कौरव र पाण्डवको युद्ध पश्चात यो भूमि कहिल्यै उठ्न नसक्ने गरी थलिएको अनुभव भयो । पुण्यभूमि मानिएका स्थानमा एउटा मात्रै मन्दिर भए पनि निकै भिडभाड हुने गर्छ तर यहाँ यतिका सुन्दर मन्दिरहरु भएर पनि धर्मालम्बीहरुको उपस्थिति न्युन लाग्यो ।
क्ष्क्ष्ःत् विश्वविद्यालयको मुख्य सभाहलमा साहित्यिक महाकूम्भ मेला जारी थियो । दोस्रो सत्र सुरु हुने तयारी हुँदै रहेछ । खाना खायौं र सम्मेलनतिर लाग्यौं । ३ः२० मा परिचर्चा कार्यक्रम सुरु भयो । बन्दना यादवको ‘कितने मोर्चे’ उपन्यास माथि अञ्जु शर्मा र निलिमा शर्माले परिचर्चा गर्नुभयो । एउटी सैनिककी श्रमितीले सफलताका लागि कतिसम्म गर्छन् भन्ने कुराको उठान रहेको यो उपन्यास फरक विषयवस्तुमा केन्द्रित भएजस्तो लाग्यो । तेस्रो चरणमा नाटक मञ्चन गरियो । कार्यक्रमको बीचबीचमा रचना वाचन तथा कृति विमोचनलाई जोडिदै थियो । हामीसँगै रहनुभएका खेमलाल पोखरेलका दुई कृतिहरु विमोचनको पर्खाइमा थिए । विमोचनका लागि खेमलालजी हामीसँग हस्तिनापुर नगएरै कुरेर बस्नु भएको थियो तर पालो आएको थिएन । हामीसँगै हस्तिनापुर गएकी तमिल नागरिक डा. जमुना कृष्णका दुई कृति विमोचन भए ।  रचना वाचन कार्यक्रम चलिरहेको थियो । भारतीयहरुले हिन्दी भाषामा कविता पाठ गर्नु स्वभाविक थियो । नेपाली कविहरुले टुटेफुटे हिन्दीमा कविता वाचन गरेको असामका जीविका अश्रुलगायतका टिमलाई पटक्कै मन परेको रहेनछ । जुन मलाई पनि मन परेको  थिएन ।

नेपाली भाषालाई स्थापित गर्न ठूलै संघर्ष गरेका आसाम, दार्जलिङ् र सिक्किमका नेपाली भाषीहरुको नेपाली भाषाप्रतिको मोह देख्दा निकै आनन्द लाग्यो । अनौपचारिक रुपमा जुन भाषा बोले पनि औपचारिक सभा सम्मेलनमा मञ्च प्रयोग गर्दा आफ्नो भाषा संस्कृति छोड्नु हुन्न भन्ने विचार सिक्किमका कविहरुले दृढताका साथ राखे । चितवनका केशवराज आमोदीले नेपालीमा छन्द कविता वाचन गर्दा निकै रमाए सबैको तालिको गड्गडाहटले सभा गुञ्जायमान भयो ।  काव्य गोष्ठी चलिरहेको थियो । सम्मानका कार्यक्रमहरु पनि जारी थिए । समय अभावले छिट्टै घर फर्कनु पर्नेहरुको समस्यालाई  मध्यनजर गर्दै कविहरुलाई उपस्थित गराउने कार्य हुँदै थियो । तेस्रो दिन पूरा बस्न सक्ने अवस्था मेरो पनि थिएन । सरकारी जागिरे, बिदा मिलाउन पनि कठिन । नेपालको तर्फबाट व्यवस्थापकीय जिम्मेवारी लिनु भएकी अनिता नेपालसँग घर फर्किनुपर्ने बाध्यता सुनाएँ ।  रचना वाचनका लागि पालो नआएपनि तेस्रो दिन पुरा नबस्ने मनस्थितिमा पुगिसकेको थिएँ । अनिता नेपालले मेरो कुरा मनमा लिनु भएको रहेछ । मञ्चमा सम्मानपूर्वक बोलाइयो । पूmलमाला सहित ‘साहित्य श्री सम्मान’ले सम्मानित गरियो ।

देश बाहिर प्राप्त यो सम्मान मेरो पहिलो सम्मान भएकोले महत्वपूर्ण लाग्यो । रचना वाचनको पालो आयो । मुक्तक वा गजल वाचन गर्नुपर्ला भन्ने लागेको थियो । सिक्किमका कविहरुको मनोविज्ञान बुझेर नेपाली भाषा, नेपाली राष्ट्रियता र स्वतन्त्रताको विषयमा आवाज उठाउन मन लाग्यो । कनीकुथी हिन्दी बोल्न पटक्कै मन लागेन । ‘मलाई मेरो पहिचान चाहिन्छ’ शीर्षकको कविता वाचन गरेँ । राष्ट्रियता र स्वतन्त्रताका विषयमा भारतीय भूमिमा यसरी आवाज उठाउँदाको मज्जा बेग्लै हुँदो रहेछ । सिक्किमका कविहरुको मन पनि उज्यालो भएको महसुस गरें । मनमा सन्तुष्टि भयो । सृजन लम्साल र खेमलाल पोखरेलले एक हिन्दी कविता र एक नेपाली कविता  वाचन गर्नु भयो । अबेरसम्म काव्य गोष्ठी जारी रह्यो ।

मङ्सिर २६ गते अर्थात सम्मेलनको तेस्रो दिन थियो । सनत रेग्मी र सृजन लम्साल मेरठबाट ऋषिकेश देहरादुन जाने तयारीमा हुनुहुन्थ्यो भने खेमलाल पोखरेल र म तेस्रो पटक दिल्ली पुग्दै थियौं । बिहान ८ः३० मा क्ष्क्ष्ःत् को मेसमा नास्ता खायौं र दिल्ली प्रस्थान ग¥यौं । खेमलाल पोखरेलका दुई नातीहरु दिल्लीमा सि.ए. अध्ययन सकेर जागिरे रहेछन् । नातीहरुसँगको सम्पर्कले हामीलाई बस खोज्ने र टिकट काट्ने कुनै झन्झट भएन । साँझको ५ः३० मा दिल्ली–काठमाडौं ए.सी. बसमा हामी लाजपथ नगरबाट दिल्ली हुँदै नेपाल तर्फ हानियौं । एउटा परिपक्क समूहसङ्गको यो साहित्यिक यात्रा मरोे जीवनको कहिल्यै नर्बिसिने यात्रा बनेको छ ।

प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६     8:40:52 AM  |