20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पत्रकार महासङ्घका अध्यक्ष आचार्यलाई पितृशोक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६  

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उहाँका पिता यामप्रसाद आचार्यको ६९ वर्षको उमेरमा आज बिहान कीर्तिपुरस्थित निवासमा निधन भएको थियो । अर्घाखाँचीमा जन्मिनुभएका दिवङ्गत आचार्यका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

आचार्यको श्रद्धाञ्जलिका लागि सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत नेता र पत्रकारहरू पशुपति आर्यघाट पुग्नुभएको थियो । यसैबीच महासङ्घका महासचिव रमेश विष्ट तथा प्रेस सङ्गठन, नेपालका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले अलग अलग शोक वक्तव्य जारी गरी आचार्यको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । – रासस

प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     10:30:34 AM  |