20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मालपोत कार्यालयको सेवा अवरुद्ध हुँदा समस्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६  

बैतडी ।  मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँच दिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यही भदौ १९ गतेदेखि मालपोल कार्यालयका सम्पूर्ण सेवा अवरुद्ध भएका छन् । कार्यालय सार्ने काम भइरहेकाले सेवा अवरुद्ध भएको मालपोत कार्यालयले जनाएको छ ।

कार्यालयले यसअघि गोठलापानीबाट सेवा दिइरहेको भए पनि गढीमा आफ्नै नवनिर्मित निर्माण सम्पन्न भएकाले सोही भवनमा कार्यालय सारिन लागिएको सूचना अधिकारी अनिल चन्दले जानकारी दिनुभयो ।

आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने र त्यसका लागि कार्यालयको सरसामानसहित आवश्यक उपकरण जडान गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको उहाँले बताउनुभयो । नयाँ भवनमा कार्यालय सार्नका लागि कार्यालयले एक सूचना प्रकाशन गरेर भदौ १९ देखि २४ गतेसम्म आफ्ना सम्पूर्ण सेवा अवरुद्ध हुने जानकारी दिएको छ । मालपोत कार्यालयले दिने सेवाहरू भदौ २५ गतेबाट नियमितरूपमा गढीबाट सञ्चालन हुने कार्यालय प्रमुख गोविन्दप्रसाद लेखकले जानकारी दिनुभयो । रासस

प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     10:23:38 AM  |