19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मेरठ साहित्यिक यात्रा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६  

नियात्रा

 

 

  • महानन्द ढकाल

 

क) मायापुरीमा तीन दिन

‘गुरुजी, हामी गाजियावाद झर्ने हो ।’ ‘गाजियावाद ! , गाजियावाद त छुटिसक्यो ।’‘हैन कति टाढा आयौं ?’ ‘नोएडा आइपुग्यौं ।’ ‘हामी त गाजियावाद चोकमा हो झर्ने भनेको ।’ ‘पहिले नै भन्नु पर्ने ।’ गुरुजी र सनत दाइको वार्तालाप जारी थियो । ‘ल झर्नुस्’ गुरुजीले ब्रेक दबाए । गाडी धुलो उडाउँदै सडकको किनारमा रोकियो । ‘अटो पाइन्छ, अटोमा जानुहोला ।’ बस्नु होला भनेको भएपनि हामी बस्ने वाला थिएनौं । गुरुको ठाडो स्वर मलाई पटक्कै मन परेन । नेपालगञ्जबाट गाडी चढे पनि बुटबल दिल्लीको भाडा बुझाएका थियौं हामीले । काठमाडांै बसाइ भएपनि खिमलाल पोखरेल समेत नेपालगञ्जबाटै गाडी चढ्नु भएको थियो ।

गाजियावाद झर्ने कुरा गाडीका स्टाफलाई दुई तीन पटक भन्नु भएको थियो सृजन लम्साललें । तर काम लागेन । ‘सरी म त झकाएछु ।’ गाडीका कन्टेक्टर लाजै पचाएर माफी मागे । अब बाँकी के नै रह्यो र ? वहस गर्नुको कुनै अर्थ थिएन । उनीहरुलाई औला देखाउँदा चारओटा औला हामीतिरै फर्किएका थिए । हामी चार जना सँगै थियौं । खै त हामीले ख्याल गरेको ? गल्ती गाडीवालाको त थियो नै, त्यो भन्दा कम हाम्रो पनि थिएन । हामी मध्ये कसै न कसैले ख्याल गरेको भए पनि त हुने नि । ‘अध्यारो भएकोले मेसो पाइएन’ भन्नुको विकल्प रहेन । बिहानको पाँच बजे गाडीले हामीलाई बिच बाटोमा छोडिदियो । उज्यालो भइसकेको थिएन । सनत दाइ बाहेक हामी तीनै जना यस ठाउँका लागि नयाँ थियौं । अध्यारोले गर्दा सनत दाइ पनि नयाँ जस्तै हुनु भयो । कता लाग्ने कता ? अलमल भयो । अटो बोलायौं । ‘भाइ साहेव यहाँ से गाजियावाद कित्ना दुर हे ?’ सनत दाइले अटोवालालाई सोध्नु भयो ।

‘३५ कि.मि. दुर होगा ।’ ‘धेरै नै अगाडि पो आइए छ ।’ सृजन लम्साल बोल्नु भयो । हाम्रो यात्रा मेरठसम्मको थियो । गाजियावादबाट डा. मिनाक्षी सक्सेनासँगै मेरठ पुग्ने सल्लाह थियो । उहाँ सम्पर्कमै हुनुहुन्थ्यो । हामी कथाकार सनत रेग्मीको नेतृत्वमा हिडेका थियौं । बोलीचालीको भाषाका हिसावले होस् वा लेख्य भाषा वा स्थान जानकारको हिसावले हामीले सही नेतृत्व पाएका थियौं । हिन्दी राम्रो बोल्नु हुन्छ उहाँ । नेपाली बोलिचालीमा पनि उहाँको हिन्दी लवज प्रष्ट आउछँ । कतिले त उहाँलाई हिन्दी मातृभाषी समेत भन्ने गर्दछन् । नेपालगञ्जीयाहरुमा हिन्दीको प्रभाव नपर्ने त कुरै भएन । झन सनत दाइ त हिन्दी, अवधी र उर्दू भाषीसँग हुर्के खेलेको मान्छे । अटोवालासँग विभिन्न बाटाहरुको बारेमा सोध्नु भयो । मेरठका लागि गाडी लाग्ने ठाउँ मोहननगर उपयुक्त रहेछ । डा. मिनाक्षी हामीलाई कुरेर बसेको थाहा पायौं । तर हामी अर्कै ठाउँमा पुगेका थियौं । सिधै मेरठ पुग्ने र उतै भेट गर्ने निर्णय गरी मोहननगर वसपार्कमा पुग्यौं हामी । झण्डै पौने घण्टापछि अटोले मोहननगर पु¥यायो । अटोमा पौने घण्टा कम होइन । नजिकको दुरी घुमाई–घुमाई टाढा त बनाए न होला नि ? बनाएको भए पनि हामीलाई के थाहा ? मिरमिरे उज्यालोमा हामीले छोड्दै गरेका वस्तीहरु सुन्दर देखिन्थे । यही सुन्दरतामा अलमलिएको थियो हाम्रो मन । जे होस् बसपार्क भने पुगियो । बसपार्कको हालत यता पनि उस्तै रहेछ । फोहर मैला उस्तै, हो–हल्ला उस्तै । तानातान गर्ने र जवरजस्ती गर्न खोज्ने । झोला राख्न नपाउँदै एक हुल गाडीवालाहरु हाम्रो पछि लागे । गाडीको बन्दोवस्त गर्नु त थियो नै । तर यो हुल देख्दा गाडीमै नचढौं कि जस्तो पनि भएको थियो तर हाम्रो बाध्यता
थियो । स्कार्पियोका गुरुले बढी नै गरेकोले उनैको गाडीमा चढ्यौं । मेरठ हिँड्नु पूर्व डा. मिनाक्षीलाई सूचना गर्नु हाम्रो कतव्र्य थियो । सनत दाइले फोन लगाउनु भयो । ‘हम लोग गाडी पकड चुकें हें ।’ भन्नु भयो । हामी गाडीमा चढिसकेका थियौं । तर मिनाक्षीले मान्नु
भएन । ‘२०÷२५ मिनेटके वाद गाडी भेज रही हुँ, आपलोग मत जाना’ भन्नुभयो । हामी गाडीबाट झ¥यौं । ‘बैठो भाइ । डरो मत, में ऐसा आदमी नही हुँ ।’ गाडीको ड्राइभरले हामी झर्दै गरेको देखेर कन्भिन्स गर्दै थिए ।
‘भाइ डरनेका वात नही हे । हमारा गाडी आ रहा हे ।’ सनत दाइले भन्नु भयो । तर उनलाई विश्वास लागेन सायद । ‘यी सब लोग मेरठ जा रहा हें, चलो पुछ्देंगें । हम ऐसा आदमी नही
हें । आराम से बैठिये ।’ उसले जबरजस्ती रोक्ने प्रयास गर्दै थियो । ‘नही भाइ हमको आपके गाडिमे जानी हि नही हे । डरनेका बात भी नही हे, हमारा साथी ने गाडी भेजरहा हे तो क्यूँ दुसरा गाडी पे जाएँ ।’ सनत रेग्मीको कुरा सुनेर ऊ अगाडि बढ्यो । मोहननगरमा आधा घन्टा कुर्नु पर्ने देखियो । एक छेउ लागेर ब्यागहरु बिसायौं । फ्रेस हुन मन लागको थियो तर मेसो मिलेन । चिया पिएका थिएनौं । फुटपाथको ठेलामा नै चिया पियौं । डा. मिनाक्षीले आफ्ना श्रीमान् इन्जिनियर अमिताभ सक्सेनालाई पठाउनु भएको रहेछ । सनत दाइसित सम्पर्क हुँदै थियो ।
बिहानको सात बजे हामी डा. मिनाक्षीको बासस्थानमा पुग्यौं । सुकान्त कृष्ण सक्सेना उनीहरुका एकमात्र पुत्र रहेछन् । हामीहरुलाई झन्डै खुट्टामा ढोगेका उनले । सक्सेना परिवारमा आफन्तजनलाई आदर गर्ने चलन बडो अनौठो रहेछ । हामी कहाँ त आजभोलि बाबु आमालाई पनि खुट्टामा ढोग्ने चलन बिस्तारै बिस्तारै हराउँदै गइरहेछ । हामी त न बाबुतिरका न
आमातिरका । त्यसरी झुक्नै पर्ने त के नै थियो र ? डो¥याएरै भित्र लगे । सम्मानका लागि आभारी भयौं । रातभरि गाडीको हिँडाइले ह्याङ भएका थियौं । फ्रेस भयौं । चिया नास्ता खायौं । साहित्यिक सम्मेलनका बारेमा लामो कुरा
भयो । मेरठ साहित्य सम्मेलनको संरक्षक हुनुहुँदो रहेछ डा. मिनाक्षी । छ–छ महिनाको अन्तरालमा भारत र नेपालमा साहित्य सम्मेलन गर्दै आएको थियो यो संस्थाले । मैले पहिलो पटक भाग लिदैं थिएँ । डा. मिनाक्षीले मेरठ सम्मेलनका लागि ५ लाख भारु उपलब्ध गराउनु भएको रहेछ । एउटा साहित्यिक सम्मेलनमा यत्रो रकम उपलब्ध गराउनु आपैंmमा महत्वपूर्ण लाग्यो । मुख्य आयोजकहरु पैसा लगिसकेपछि सम्पर्कबाट टाढिएकोमा भने उनलाई दुखेसो रहेछ । आयोजकका मुख्य व्यक्ति डा. विजय पण्डितसँग उहाँको गुनासो रहेछ । आन्तरिक कुरा के थियो सोध्ने कुरा पनि भएन । मिनाक्षीको साहित्यप्रतिको समर्पणलाई सलाम गर्न मन लाग्यो ।

कथा, उपन्यास र नाटकका एक दर्जन बढी कृति प्रकाशित गरेकी डा. मिनाक्षीको परिवार निकै सभ्य लाग्यो । एक प्रतिष्ठित कलेजकी क्याम्पस प्रमुख हुनुहुँदो रहेछ डा. मिनाक्षी । दुई वर्ष पहिले १३ वर्षका कान्छा छोराको असमायिक निधनको पीडाले अझै सताइरहेको रहेछ । हामीसँगको कुराकानीमा पनि निकै भावुक बन्यो यो परिवार । मृत्युले सानो र ठूलो किन भन्थ्यो र ? पैसाले मृत्युलाई किन जित्न सक्थ्यो र ? कतिपय कुराहरु नचाहेर पनि बिर्सनु पर्छ । संसार हेरेर चित्त बुझाउन अनुरोध ग¥यौं हामीले । यो यात्रा मेरालागि निकै महत्वपूर्ण थियो । शुद्ध साहित्यिक थियो ।

नेपाली अख्यानका धरोहर प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, नेपाली निबन्ध लेखनका विशिष्ट व्यक्तित्व सृजन लम्साल तथा नेपाली कविताका अध्यता शिक्षा प्रेमी खेमलाल पोखरेलसँग सहयात्री बन्न पाएको थिएं । करिब पाँच दिन हाम्रो सहयात्रा रहनेवाला थियो । झन्डै ७५ वर्षका खेमलाल पोखरेल, त्यही आसपासका सृजन लम्साल एव्म ७० वर्ष पुगेका सनत रेग्मीका अगाडि म एउटा बच्चा जस्तै थिएँ । धेरै सिक्नु थियो मैले उहाँहरुबाट । यो यात्रालाई सहीरुपले सदुपयोग गर्नुपर्ने कुरामा सचेत थिएँ । ‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ भनेझैं यी तीन परिपक्व उमेरका व्यक्तिहरुका कुराहरु मज्जाले सुन्दै थिएँ । हामी डा. मिनाक्षी, अमिताभ र कृष्णसँगै थियौं । डा. मिनाक्षी सँगैं अमिताभ र कृष्ण सक्सेना पनि मेरठ साहित्यिक सम्मेलनमा जाने तयारी हुन थाल्यो । १०ः३० मा जेरी, समोसा, चटनी र चिया लियौं । हाम्रो बिहानको खाना यो नै रहेछ । एक थाल भात खाने बानी लागेकालाई जेरी समोसाले के तृप्ति गथ्र्यो र ? पेटभरि खाएर पनि पेटले भात नै खोजिरहेको थियो । भारतमा १–२ बजेतिर खाना खाने चलन हुन्छ भन्ने बिर्सेछु । भातभन्दा मिठाइ र रोटी इन्डियनहरुको प्रिय खाना हो भन्ने कुरामा जानकार थिएँ तर अनविज्ञ भैm भएछु ।

१२ः३० सम्ममा मिनाक्षीको परिवार तयार भयो । हाम्रा सारथी अमिताभ बन्नुभयो । डा. मिनाक्षी, उनका छोरा सुकान्त कृष्ण सक्सेना र ड्राइभर अर्को कारमा चढ्नु भयो । अघिपछि गर्दै हाम्रा दुई गाडीहरु मेरठतिर मोडिए । मेरठको लागि हामी सबै नयाँ रहेछौं । सक्सेना परिवार पनि पहिलोपटक जाँदै रहेछ । मोबाइलको एप्स प्रयोग गर्दै जताजता नक्साले बताउँछ उतै उतै हाम्रो यात्रा मोडियो । संसार कति सानो र नजिक बनाइदियो है विकासले । बाटोभरि अमिताभजीले भारतका कतिपय विषयवस्तुमा ब्रिफिङ गर्नु भयो । हामी हापुड हुँदै बरेली जाने बाटोतिर बढ्दै थियौं । बाटो चौडा र सफा थियो ।

१६ लेनको बाटो निर्माणमा भारत सरकारले जोड दिएको रहेछ । भारतमा यातायातको विकास निकै भएको रहेछ । गल्ली–गल्लीमा पनि चौडा बाटाहरु । विभिन्न स्थानमा जाने धेरै बाइपास रोडहरु रहेछन् । हुन पनि विकासको पूर्वाधार भनेकै बाटाघाटा र यातायात न हो । हामी कहाँ यातायातको राम्रो सुविधा भइदिएको भए जुम्ला हुम्लाको स्याउ किन घुइयाको भाउमा बिक्थ्यो र ? हुम्लीहरुले एक किलो चामललाई २५० किन हाल्नु पथ्र्यो र ? दृश्यावलोकनका लागि किन सिक्किम र दार्जलिङ जानु पथ्र्यो र ? हाम्रा स्रोत र साधनहरु यातायातको कमीका कारण नै प्रयोग हुनै नपाएर बिग्रेर गएका छन् । स्वर्गको एक टुक्रा नेपाल हो भन्ने प्रभाव पार्न सके के को कमी पो हुन्थ्यो र हामीलाई ?

हामी डा.मिनाक्षीको गाडीलाई घरिअघि घरिपछि पार्दै उत्तर पश्चिमतिर बढ्््््दै थियौं । सनत दाइ र अमिताभका कुरा सुन्नमै व्यस्त थियौं हामी । खेमलाल पोखरेलले घरिघरि ‘हाँ जी, हाँ जी’ भन्नु हुन्थ्यो । सृजन लम्साल टकानटुकन कुराहरु थप्नुहुन्थ्यो तर म केही बोलिन । ढङ्ग पुगे पो रङ्ग हुन्छ । बोल्न जाने पो बोल्नु । बुझ्दैमा बोल्न जाँनिदो रहेनछ । बोल्न खै किन डराएँ ? ‘घोडा चढ्ने लड्छ’ भन्ने पनि किन बुझिन खै ? भाषा त जति जान्यो त्यति राम्रो हो । जति बोल्यो त्यति आउने न हो । तर मैले आँट नै गरिन । ‘छोटा भाइ समझ के आदेश दिजिएगा ।’ अमिताभ सक्सेनाले आवश्यकताहरु भन्नु होला म पुरा गरिदिन्छु भन्ने संकेत गर्दै हुनुहुन्थ्यो ।

‘रस्तामे कुछ लेना हे तो बोलिए’ भन्दै खाना खाने संकेत पनि गर्नुहुन्थ्यो । हामीले ‘ठिक हे चलिए’ भनेर उहाँलाई सजिलो बनायौं । तर आफूलाई अप्ठ्यारोमा परेजस्तो लाग्दै थियो । भोक लागेको थिएन तर शरीरले भात खोजेको
थियो । भात नखाएसम्म मलाई जेसुकै खाएपनि तृप्ति नहुने बानी थियो । यस्तो हुँदाहुँदै पनि ‘ठिक ह,े ठिक हे’ भन्न पछि परिन म पनि । मेरठ पुग्न अझै डेढ घण्टा लाग्ने संकेत गुुगलले गरिरहेको थियो । खानाखाने समय गुज्रिसकेकाले मेरठमा भात पाइने संकेत थिएन । कस्तो भाते शरीर बनाइएछ ? घरिघरि त आफ्नै बानी देखेर दिक्क लाग्दै भियो । मनमा अनेकौं कुराहरु खेलिरहेका थिए । गाडी अगाडि बढिरहेको थियो । हरेक स्थान नयाँ थिए मेरा लागि । बाटोमा एक सुन्दर मन्दिर देखियो । मन्दिर सुन्दर र ठूलो थियो । ठूलो चक्र, चक्रभित्र घोप्टिएको शंख राखिएको थियो । मन्दिरको यस किसिमको निर्माण शैली मन प¥यो । आखिर जसरी पनि मन तान्न सक्नु पनि त सुन्दरता हो । बाँसगढीको केदारेश्वर धामको सम्झना आयो । विशाल शिवलिङ्ग बनाएर सबैको मन शिवलिङ्गतिर तान्ने कोसिस हुँदै थियो हाम्रो बाँसगढीमा पनि । फरक विशेषता बोकेको स्थानमा न हो सबैको नजर पर्ने । केदारेश्वर धामको निर्माणकार्य पूरा भएपछि बागेश्वरीजस्तै यस धामको नाम आउने पक्का छ जस्तो लाग्दछ ।

हामी गंगा नदीबाट आएको नहरको किनारै किनार उत्तर पश्चिम हानिदै थियौं । बाटोमा उखुबारी, तोरीबारी र कतैकतै काँसघारी भेट्टिए । यो क्षेत्र उखुको लागि बढी प्रयोग हुँदो रहेछ । हामीले यी उखुबारी हेर्दाको समय नेपालमा उखुका किसानहरु उपयुक्त मूल्य नपाएर सडकमा उत्रिएका थिए । भारतमा भने ठाउँठाउँमा उखु काट्ने, गाडीमा लोड गर्ने र ट्रकका ट्रक ओसार्दै गरेका दृश्यहरु पनि प्रशस्तै देखियो । नेपालको सरकारले कृषकहरुलाई किन उत्साहित गर्न सकिरहेको छैन् भन्ने लाग्यो । नेपालमा भएका दुईचारवटा चिनी मिलहरु पनि टाट पल्टिइसकेका छन् । कति त बन्द नै भएका छन् । चाहे गहुँ खेती होस् वा तोरी, उखु होस् वा आँप भारतमा निकै व्यवस्थित तरिकाले उब्जाएको देखियो । छिमेकको सिकोसम्म गर्न नसकेर हामीले हजारौं हेक्टर जग्गाहरु बाँझो छोडेर भारतीय चामलको भात र गहँुको रोटीमा जिन्दगी धानेका छौं । हामी कहाँ हातका नङ्ग्रा खियाउन नसक्नेहरु नै बढी राष्ट्रवादी भएको नाटक गर्न सिपालु । ‘जसको सिङ छैन उसैको नाम तिखे ।’

हामी मेरठ अर्थात मायापुरी सहरमा प्रवेश गरिसकेका थियौं । मायापुरी मेरठको पुरानो नाम । महाभारतकालिन समयको सभ्य र सुसंस्कृत ठाउँ । यही स्थानमा हामी तीन दिन तिन रातका लागि आएका थियौं । मुख्य बिन्दुमा पुग्न त्यस्तै ७–८ किलोमिटर मात्र बाँकी थयो । बाटो चौडा, फोरलेनको थियो । बाटोको बीच भागमा सुन्दर फूलहरु फुलिरहेका थिए । मेरठमा गाईवस्तुहरु छैनन् कि यिनीहरुलाई त्यस्तै तालिम दिइन्छ ? फूलहरु न तारले बेरिएका छन् न कुरुवा राखिएको छ । कति निर्धक्कसँग फुलेका फूलहरु । हामीकहाँ लाखौं खर्च फूल लगाइयो सबै सत्यानाश । लाखौं गमलाहरु बसालियो सिगौंरी खेलेर प्याट्ट–प्याट्ट । टाउको उठायो कि निमोठिइ हालिनु पर्ने ।

पीडाले टाउको उठाउन पनि मन गर्दैनन् हाम्रा कोहलपुरका फलफूलहरुले । तारबारको पनि सत्यानाश । हैन, बहादुर देशका पशुपक्षी पनि साच्चिकै बहादुर हुन्छन् कि क्या हो ? पूmल जोगाउन हम्मे हम्मे छ गरवासीलाई । फूल जोगाउने कला सिक्न मेरठ नै जानुपर्ने पो देखियो । सफा चौडा बाटो पार गर्दै हामी अगाडि बढ्दै थियौं । आर्मी क्याम्प आयो । आर्मी क्याम्प अगाडि ठूलो तोप राखिएको थियो । बंगलादेशबाट ल्याइएको रे । उ बेला नेपालसँगको युद्धको मुख्य अड्डा मेरठ नै थियो । नेपालसँग लड्न अंग्रेज सरकारले प्रयोगमा ल्याएको तोप हो भन्ने सुनियो । नालापानी युद्ध र लखनउ युद्ध यहीबाट सञ्चालन गरिएको मुख्य युद्धहरु थिए । ‘खुकुरी र भरुवा बन्दुकले नेपालीले लडाई गरे’ भन्ने इतिहास पढ्दा हाम्रा बुवाहरुको आङ सिरिङ्ग भए होला, हामीलाई अचम्म लाग्दै छ । हाम्रो छोरा नातीहरुलाई काल्पनिक कथा जस्तै लाग्ने त होला नि यो कुरा ? मेरठ क्रान्तिका हिसाबले स्थापित नाम रहेछ । ‘भारत छोडो’ आन्दोलनको उद्गम स्थलका रुपमा मेरठ सहरलाई मानिदो रहेछ । त्यसबेला मंगल पाण्डे जसले अंग्रेजका विरुद्ध पहिलोपटक सैनिक क्याम्पमा नै विद्रोह गरेका थिए, उनलाई आदर पूर्वक सम्मान गरिदों रहेछ । मेरठलाई क्रान्तिधारा भन्नुको पछाडिको रहस्य यसैसँग जोडिएको रहेछ । क्रमशः

प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६     9:23:07 AM  |