29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

कर्णाली राजमार्ग अवरुद्ध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६  

सुर्खेत ।

कालिकोटको तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ’, उनले भने, ‘आजबाट नै राजमार्ग खुलाउने गरी काम भइरहेको छ ।’ राजमार्ग अवरुद्व भएपछि सयौं यात्रुहरु बिच बाटोमा नै अलपत्र परेका छन् ।

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     9:26:01 AM  |