18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

राप्तीसोनारी गाउँपालिकामा सडक मर्मत गर्न सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ १०, २०७६  

कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीमा बाढीले क्षती पु¥याएका ग्रामिण सडकहरु मर्मत गर्न सुरु गरिएको छ । बाढीले क्षती पु¥याएका सडकहरु मर्मत नहुँदा स्थानीयबासीहरुलाई आवतजावत समस्या हुँदै आएको थियो ।  गत बुधबारको अंकमा मिसन टुडेले राप्तीसोनारी ९ का सडक मर्मत भएनन्, ‘हिउँदमा धुलो र बर्षामा हिलोले सताउँछ’ शिर्षकमा समाचार प्रकाशित गरेका थियौं । बाटो मर्मत नहुँदा स्थानीयहरुले सास्ती पाएको समाचार प्रकाशित भएसँगै वडा कार्यालयले मर्मतमा चासो देखाएको हो ।

बाढीले क्षती पु¥याएका ग्रामिण सडकहरु विभिन्न क्षेत्रसँग सहकार्य गरेर मर्मत गर्ने निर्णय वडा कार्यालयले गरिसकेको छ । वडा अध्यक्ष महाबीर ओलीका अनुसार बाढीले गर्दा खाल्डाखुल्डी परेका सडकहरु मर्मत गर्न सुरु भइसकेको छ । ‘वडाको विकासको लागि हामी सदैव यार छौं’ उनले भने, ‘वडा बस्तीहरुमा पुग्ने सडक मार्गहरु बिग्रीएका स्थानहरुमा मर्मत गर्न सुरु गरिसकेका छौं ।’ वडा कार्यालयको बैठकबाट निर्णय नै गराएर स्थानीयको सहभागितामा सडकहरु मर्मत गर्न थालिएको वडा अध्यक्ष ओलीले जानकारी दिए ।

‘आर्थिक बर्षको सुरुमा नै केही आर्थिक समस्याले सडक मर्मतमा ढिलाई हुन पुगेको हो’ उनले भने, ‘अहिले विभिन्न निकायहरुसँग सहकार्य गरेर मर्मत गर्ने काम सुरु भइसकेको छ ।’ उनका अनुसार आगामी बर्षहरुमा बर्षातको समयमा यस्ता समस्या आउन नदिन पुर्वतयारी नै थालिने छ । बाँकेको निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खोलाको ठाउँ भएकोले सडक निर्माणका लागि आवश्यक पर्ने गिट्टी तथा बालुवाको प्रयोगको लागि समस्या भएको बताइन्छ । लामो दबावपछि वडा कार्यालयले मर्मतको अगुवाई थालेपछी स्थानीयबासीहरु समेत आवतजावतमा सहज हुने भन्दै खुसी भएका छन् । उनीहरुले स्थायी रुपमा नै यस्ता समस्याहरु सामाधन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः मङ्लबार, भदौ १०, २०७६     7:13:23 PM  |