22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

यौन सम्बन्ध यस्तो बेलामा नराखौं

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६  

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न ।

महिलाले आफ्नो शिशुलाई स्तनपान गराइरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् । शिशुको स्याहार–सुसार गरिरहेको समयमा आमाले शिशुसँग माया ममता बाँड्छन् । यस्तो अवस्थामा आमाको एकाग्रता शिशुप्रति हुन्छ । स्तनपान गराएको समयमा आमाका लागि अन्य विषय गौण हुन्छ । यौनजन्य काम गौण हुन सक्छ । शिशुलाई स्तनपान गराइरहेको समयमा कुनै पुरुषले महिलालाई यौनका लागि प्रस्ताव गरे त्यस्ता पुरुषप्रति महिलाको वितृष्णा जाग्न सक्छ । त्यसैले महिलाको वितृष्णाबाट बच्न पनि स्तनपानको समयमा पुरुषले महिलालाई यौनका लागि प्रस्ताव नगर्नु नै उचित हुन्छ ।

महिनावारी
महिनावारी भएको सात दिनसम्म यौन सम्पर्क गर्नु ठिक हैन । महिनावारी भएको अवस्थामा हर्मने परिवर्तन हुने भएकाले महिलाको पेट दुख्ने मात्रै हैन योनिबाट रगत बग्छ । हर्मनको उत्तारचढाव त हुने नै भयो । यस्तो अवस्थामा यौन सम्पर्क गरेको खण्डमा महिलामा संक्रमण हुने जोखिम हुन्छ । महिनावारी भएको अवस्थामा महिला शारीरिक तथा मानसिक रुपमा कमजोर हुने अवस्था हो । यस्तो अवस्थामा यौन सम्पर्क गर्दा झन् कमजोर अनुभूति हुन्छ ।

गर्भवती
गर्भवती भएको अवस्थामा यौन सम्पर्क गर्नु ठिक हैन । गर्भवती भएको अवस्थामा यौन सम्पर्क गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।

गर्भवती भएको अवस्थामा अधिकांश महिलाजन्य हर्मन बढ्ने भएकाले महिलाको शारीरिक तथा मानसिक अवस्थामा उत्तारचढाव आउँछ । उदाहरणको रुपमा बिहानीको समयमा हुने बान्तालाई लिन सकिन्छ । जसलाई मेडिकल भाषामा ‘मर्निङ सिक्नेस’ (बिहानी बिरामी) भनिन्छ । गर्भवती अवस्थामा यौन सम्पर्क गर्दा योनिको मांशपेशी खुम्चने र फुक्ने मात्रै नभई पाठेघरको नरम मांशपेशी पनि खुम्चने र फुक्ने प्रक्रिया हुन्छ । जसले गर्दा गर्भपतन हुने सम्भावना बढी हुन्छ ।

महिनावारी, गर्भवती र स्तनपानको समयमा यौन सम्पर्क गर्नु शारीरिक, मानसिक तथा वैज्ञानिक विश्लेषणले पनि उपयुक्त हैन । यसरी हेर्दा सरदर हप्ताको एकपटक यौन सम्पर्क गर्नु उचित हुन्छ । सोभन्दा बढी गर्नु उचित हुन्न ।

प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६     5:53:03 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *