20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

भोपेन्द्र कंवरका गजल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ७, २०७६  

 

भोपेन्द्र कंवर

बनगाड कुपिन्डे नगरपालिका–८, सल्यान

पापादेखि पानी किन्न पैसा चाहिन्छ
आजभोली बाटो हिन्न पैसा चाहिन्छ ।

गायक गायिकादेखि नायक नायिका
मान्छे नै हुन् तर चिन्न पैसा चाहिन्छ ।

योग्यताको कसैले कदर गर्दैन यहाँ
प्रतिस्पर्धीलाई उछिन्न पैसा चाहिन्छ ।

कहीँ कतै अफिसमा पद खाली भयो भने
जागिर त्यसै कोही दिन्न पैसा चाहिन्छ ।

न्यायदाताहरु पनि यतिसम्म विकिसके
सही गलत कुरा छिन्न पैसा चाहिन्छ।

हाल : कोहलपुर–१०, बाँके

प्रकाशित मितिः शनिबार, भदौ ७, २०७६     8:48:25 AM  |