20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

भाई‘पत्रकार’का दुःख

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ७, २०७६  

                         अछुत कोपिला

रिपोटिङ्गको शिलशिलामा प्राय स्थानीय तहरुमा जाने काम परिरहन्छ रिपोटिङ्गकै लागि केही दिन अघि एक स्थानीय तहमा गएको थिए । यसले वर्ष भरी गरेका प्रगतीको विवरण रिपोटिङ्गको विषय थियो । । सिधै संचार सल्लाहकारको कार्य कक्षमा गए । आफ्नो व्यवहोरा बताए । अपरिचित जस्तो कुन मिडियाबाट आएको भन्दै प्रश्न गरे ? चिनेजाने कै थिए दाई । छोटो अनौपचारिक वार्तापछि सम्बन्धित फाँटका मान्छे नआएको बताए । पहिलो दिन रिपोटिङ्ग नै नगरी फर्किए म । त्यसै गरि दोस्रो, तेस्रो र चौथो दिन सम्म गए तर मैले रिपोटिङ्गकोे विषयवस्तु पुरा जानकारी नै पाउन सकिन । तराईको प्रचण्ड गर्मी, सधै आउथे– जान्थे । डेस्क हेर्ने दाईले किन रिपोटिङ्ग नगरेको भनेर सधै भनिरहन्थे । हुँदाहुँदा त्यो विषयबारे समाचार संकलन नै हुन सकेन । खासमा ती दाई पनि पत्रकार थिए कुनै बेला । सेवाग्राहीलाई गर्नु पर्ने जस्तो व्यवहार नै देखिन । उमेर र अनुभवका हिसाबले सानै भएपनि म पनि त पत्रकार थिए । र उनी पनि । नियम अनुसार उनले मलाई सूचना दिनु प¥थ्यो नै । पेसागत र मानवीय नाताले भएपनि उनले मलाई चाहिएको सूचना  प्रदान गर्नको लागि सहयोग गर्नु प¥थ्यो त्यो भएन ।

त्यसै गरी २०७४ को चुनावको बेला निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीको छनोट कार्य भईरहेको थियो । अघिल्लो दिन म्यादी प्रहरी भर्नामा राजनितिक र आर्थिक चलखल भएको विषयमा रिपोटिङ्ग गरेको थिए । म्यादी प्रहरी भर्नाको विषयमा खास कुरा बुझ्न डिएपसी सापलाई भेट्ने तय भएको थियो । १० बजेपछि आफुलाई चाहिने सबै सामग्रीको जोहो गरेर जिल्ला प्रहरी कार्यालय जुम्लाको परिसर भित्र छिरे । म्यादी प्रहरीको छनोट चलिरहेको थियो । महिला र पुरुषको छुट्टै समुह थियो । म भने पुरुष तिरको छनोट स्थल तिर गएर उभिए । अलि अगाडी उभिएर हेरिहेको थिए ।  धेरै जना मैले चिने कै साथी थिए । एक्कसी एक प्रहरी दाई आएर ‘ए भाई के उभिरा छिटो लुगा फुकाल भन्नु भयो ।’ म त रन भुल्लमा परे । एक जना अर्को मलाई चिनेको प्रहरी थिए । मलाई लुगा फुकाल भन्ने पुलिसलाई हात समातेर उता लिएर गए । त्यस पछि आफैलाई  असजिलो फिलिंस भयो । म सिधै डिएसपी को कक्षले तिर लागे । अलि उता गएर ठुलो स्वरमा के भन्या उहाँ त पत्रकार हो ।मान्छे चिन्दैनस् भन्दै हप्काउदै थिए । अन्र्तवार्ता सकिए पछि म फर्किए ।

लामो समय सम्म प्रहरी दाईले म संग धेरै पटक बोल्ने प्रयास गरिरहेका थिए । एक दिन कुरा भयो संयोगले प्रहरी भित्र संचार हेर्ने उसैले रहेछ । अघिल्लो दिनको समाचारको कारण पत्रकार पृष्टभूमिका ति प्रहरीलाई स्पष्टीकरण सोधिएको रहेछ । पत्रकारिता थालेको चानचुन चार वर्ष जति भयो ।शुरुवातमा रेडियोेमा १ वर्ष काम गरे बिना पारिश्रमिक । कार्यक्रम प्रस्तोताको रुपमा । त्यस पछि जिल्ला कै अर्को रेडियोमा रिपोर्टरको लागि दरखास्त खुल्यो । आवेदन
दिए । विभिन्न चरण पार गरेर २४ जना मध्यबाट उत्कृष्ट ४ मा छानिए । रेडियोमा जागिर
मिल्यो ।
करिब २ वर्षको यात्राका क्रममा जिन्दगीमा थुप्रै हिंसाका व्यवहार भए खासगरी पत्रकार दाईबाट । रेडियोमा कति घण्टा काम गर्नु पर्छ सबैलाई थाहै छ । उमेर भर्खर १७ कटेर १८ मा लागेको थिए म । सबै ‘दिदी’ र ‘दाई’ पत्रकार थिए । केही महिना त राम्रो केयर गर्थे । पछि समाचार राम्रो भएन,कार्यक्रम कस्तो चलाएको यस्ता पनि भ्वाईस (जनआवाज) यस्तो पनि हुन्छ, कम्युटरमा टाईप गर्न नआउने, कापीमा दुःख लेखेका समचारमा टोकरी बज्थे । कत्ति पटक त सानो–साना कुरामा पनि जागिर बाट निकाली दिने धम्कि दिने ।
एक दिनको कुरा हो, एक्कासी रेडियो मै काम गर्ने सिनियर दाईले सोधे, भाई तिम्रो विचार धारा के हो ? विचार धारा,मधुरो स्वरमा मैले भने,के हो यो विचार धारा भनेको ?स्पष्ट पार्दै उनले थपे कुन पार्टीको कार्यकर्ता हौ तिमी । म रुखको हांगाबाट खसे झै भए । अन्य घटना उल्लेख गरे भने सुधिर शर्माको प्रयोगशाला जत्रै किताब बन्छ । नेपालको समकालिन राजनितिको नालीबेली जो छ । यदि सम्म की एक पटक त यती समेत भयो । रिपोर्टर पदमा कार्यरत थिए म । एक चोटी कार्यालय सहयोगीले गर्ने काम गर्न निर्देशन भयो । यि बीचमा यस्ता थुप्रै घटना
भए । अन्नत ः राजिनामा दिए । त्यहाँ काम गर्दा एक जना दाई पत्रकारको सहयोग र प्रेरणाले अहिले सम्म पत्रकारितामा छु । अह ! एक जना दिदी पत्रकार पनि थिईन्, व्यक्तिगत रुपमा एक दमै राम्रो सम्बन्ध थियो । खुब सहयोगी थिईन्, केैयौ पटक उनको गालामा किस गरेको छु ।  मैले उनलाई दुव्र्यहार,हिंसा गरे
भन्ठान्नुहोला । मायाको नमूना थियो त्यो । मोफसलमा ‘दिदी’ र ‘बैनी’ पत्रकारलाई निकै गाह्रो छ । अहिले दिदी पत्रकारितामा छैनन् । केही समय पछि पुन रेडियो पत्रकारिता मै  फर्किए । पहिलाको भन्दा फरक जिम्मेवारीमा । फेरी एक पटक दाई पत्रकारबाट दुव्र्यवहारको सिकार भए । चार महिना मै बिदा गए
त्यहाँबाट । त्यसको एक हप्ता मै रारा तालको जिल्ला मुगुमा गएर पत्रकारिता गर्ने अवसर  जुट्यो । रेडियोमा काम गर्ने ‘बैनी’ पत्रकार थिईन्, तिनको नराम्रो व्यवहारको सिकार भए फेरी एक पटक । रारामात्रै स्वच्छ र कन्चन रहेछ । मान्छेहरुको मन रैन रहेछ । कर्णालीको साउने भेल सरी छाल हान्दै आफ्नै मातृभूमि
पु¥याईदियो ।

फेरी पनि रेडियो पत्रकारिता मै जोडिए । दिदी पत्रकारहरुमा एक्लै थिए म । एक जना दिदी पत्रकारको खुरापातीको कुरै गरि साध्य छैन । व्यवस्थापनको जिम्मेवारीमा रहेका कथित दिदी पत्रकारका दुव्र्यहारको सिकार भए । पत्रकारिताको प नै नबुझेका र आफुलाई मात्र क्षमतावान ठान्ने एकलकाटे सोच हुदो रहेछ भन्ने गतिलो प्रमाण त्यही भेटे । त्यही बेला विपिको एउटा भनाई याद आयो । ‘घमण्डले मानिस फुल्छ तर अघि बढ्न सक्दैन ।’ उनीहरुको हरेक दिनको घमण्डका अगाडी म निरीह नै भए । राजिनामा दिईयो । बारम्बारको दुव्र्यहार, घटियापन, यो या त्यो ढंगको हिंसाले मलाई झन झन बलियो बनाउदै थियो । म मा आफै पनि केही गर्ने आत्म विस्वास बढ्दै गयो । पछि आफ्नै सहकारीको कार्यकारी जिम्मेवारीमा रहे,छु । मलाई तपाईको सहकारीमा जागिर लगाई दिनु न प्लिप भन्दै म्यासेन्जर गर्ने र फोन गर्ने दिदी बैनीले कैयौ पटक अनैतिक
सम्बन्ध सम्मका आसय व्यक्त गर्थे । पटक पटक त्यस्तो भईरहेपछि मोबाईल नै स्विचअफ गर्नु परेको छ । मोफसलमा बसेर पत्रकारिता गरिरहदा यस्ता थुप्रै दुःख भोग्नु परेको छ ।
कतिपय घटना सम्झिदा अहिले पनि यो पत्रकारिता किन अंगालियो जस्तो पनि लाग्छ । एक चोटी त कोठामा चामल सकिदा चाउ –चाउ र सातु संग एक साता बिताएको छु । मोफसलमा पत्रकारिता गरेर लामो समय टिक्नु फलामको च्युरा चपाउनु सरह हो । यहाँ हरेक दिन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हिंसाको श्रृंखला चलिरहेको
छ । त्यो भन्दा बढि त भाई पत्रकार अर्थात पुरुषलाई हिंसा गर्ने दिदी पत्रकार पनि छन् । नारी नेतृत्वमा रहेका क्षेत्रमा दाई र भाई पत्रकारलाई निषेध गरिएका उदाहरण पनि छन् । अनि के दिदी र बैनी पत्रकार मात्रै हिंसामा छन् त । फरक यति हो उनीहरु व्यक्त गर्छन् । हामी गर्दैनौ । यसको मतलब हामी हिंसा र दुव्र्यहार सहन्छौ भन्ने पनि होईन । कैयौ पटक बिद्रोह गरिएको  छ । यहाँ त दाईले बैनी र दिदीले भाई पत्रकारलाई पनि दुव्र्यहार गर्छन् । केही प्रसंग जोड्यौ, मोफसलको पत्रकारितामा पत्रकार यस्तो क्षेत्र पात्र हो । आफु भोकै बसेर अरुलाई खाना खानु भयो भन्छ । आफु बिसन्चो हुदा समेत अरुलाई सन्चै हुनुहुन्छ भनेर प्रश्न गर्छ ।

पत्रकारिता हतारको साहित्य पनि हो । आफु समयमा कहिल्यै तलब पाउदैन् । उदारोमा काम गर्दै कर्मचारी ,जेष्ठ नागरिकले बृद्ध भत्ता पाएनन्,न्युन ज्यालादारीमा काम गर्दै  महिला, समाचारका आकर्षक हेडलाइन् भन्छ । पत्रकारले महिनौ देखी पारिश्रमिक पाएनन्  कहिले समाचार बनेका छन् । सरकार  मिडिया विद्येयकका नाममा पत्रकारिता क्षेत्र नियमनको प्रयास गर्दै छ । टिठ लाग्दो मिडिया क्षेत्र बिचरा बबुरो पत्रकार हामी । यि मेरा जिन्दगीका यर्थात भोेगाई हुन् । हरेक क्षेत्रमा भएका दुव्र्यवहारका बिरुद्धमा बोल्नै पर्ने बेला भएको छ । विवेक नाम गरेका एक जना  सहकर्मी मित्र भन्थे यो पत्रकारिता पेसा त निल्नु न ओकल्नु भयो ।
जय पत्रकारिता जय होस !

प्रकाशित मितिः शनिबार, भदौ ७, २०७६     8:41:58 AM  |