22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

जुम्लामा लोडसेडिङ बिरुद्ध युवाहरुको सांकेतिक बिरोध (फोटो फिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १८, २०७६  

शुभाकर विश्वकर्मा,कोहलपुर

जुम्लाका युवाहरुले लामो समय देखीको सदरमुकामको लोडसेडिङ बिरुद्ध सांकेतिक बिरोध गरेका छन् । उनीहरुले नयाँ शैलीमा लोडसेडिङको बिरोध जनाएका हुन् । जागा कर्णाली नेपाल जुम्ला संग आवद्ध यूवाहरुले सांकेतिक बिरोध गरेका हुन् ।सयौ युवाहरुको सहभागितामा उनीहरुले जुम्ला अँध्यारो हुनुमा ठुला बडा भनिएका,जनप्रतिनिधि, नेता र ठेगेदारलाई लक्षित गरि राँके जुलुस निकालिएको हो ।

‘स्मार्ट सिटी भनेको अस्तव्यस्त सिटी रहेछ हाम्मा नेता टोट्याउदा’,‘कति बस्छो अध्यारोमा छाएर, चुप लाग्यौ ६०–४० पाएर’,किताब किन्ने पैस सबै मैनबत्ती मै सकियो,‘खोलो बनाउछु भन्नेले थोलो बनाउन थाले’लगायतका नारा लेखिएका कार्ड सहित झरो जुलुस निकालिएको हो । विगत ४ दशक देखि जिल्लामा स्थापना भएको साना जलविद्युत आयोजना घुघुतिको हालको अवस्थाले जिल्ला बासीमा चरम निराशा छाएको जागौ कर्णाली नेपाल जुम्लाका अध्यक्ष हरिश रोकायाले बताए । उनका अनुसार नागरिकको दुःख नदेख्ने,छल कपट अनि भ्रम बाट शक्ति प्रदर्शन सामान्ती चरित्रकै पुनरावृत्तिको बिरोध गरिएको हो ।

सरोकारवालाहरुलाई दबाब दिन युवा हरु सडकमा उत्रि आर्ट पफोमेन्स, प्ले कार्ड, फेल्क्स र झरो मार्फत नयाँ चिन्तनको आरम्भ गरि प्रर्दशनी गरिएको अध्यक्ष रोकायाले बताए । उता चरम लोडसेडिङ तत्कालको लागि अन्य गर्नको लागि सांसद गजेन्द्र बहादुर महतको सांसद विकास कोषको रकमबाट डिजेल प्लान्ट जुम्ला पुगिसकेको छ ।

प्रकाशित मितिः शनिबार, साउन १८, २०७६     1:33:06 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *