19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सन्दर्भ विश्व बाघ दिवस, हाम्रा जनता हाम्रो मिसनसंग (जनवोली)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६  

नेपालमा पछिल्लो समय पाटेबाघको संख्या बढ्दो क्रममा छ । सन् २०१८ को तथ्यांक अनुसार नेपालका निकुञ्जमा पाटेबाघको संख्या २ सय ३५ वटा पुगिसकेको छ । सरकारले सन् २०२२ सम्म पाटेबाघको संख्या २ सय ५० बढी पु¥याउने लक्ष्य राखेको छ । सोमबार सरकारले विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी बाँके निकुञ्ज क्षेत्रमा मनाएको छ । सोही कार्यक्रममा उपस्थित भएका सहभागिहरुलाई हामीले बाघ संरक्षण कसरी गर्न सकिएला भनेर प्रश्न सोधेका थियौं ।

 मानव र वन्यजन्तुको द्धन्द्ध घटाउ
लिलाराम शर्मा
मनसुरी खेत मध्यवर्ती क्षेत्र
विश्व मै लोपउन्मुख अवस्थामा रहेको वन्यजन्तु हो, बाघ । नेपालमा भने वर्षेनी यसको संख्या बढ्दै गईरहेको छ । संख्या बढ्नु सकारात्मक भएपनि यसको संरक्षण तर्फ पनि सबैको ध्यान जान जरुरी छ । त्यसैले बाघ संरक्षणको लागि सबै भन्दा पहिला समन्वय आवश्यक छ । र यसको संरक्षणको लागि हामीले जोखिम बस्तिको पहिचान गर्न सकिन्छ । बाघको आहारा र बासस्थान घट्दै गएको यस तर्फ सबैको ध्यान जानुपर्छ ।

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

संस्कृति र प्रकृति संरक्षण आवश्यक
लाल बहादुर राना
अध्यक्ष
खड्कवार सामुदायिक होमस्टे

बाँके राष्टिय निकुञ्जमा बाघको संख्या बढ्दै गईरहेको छ । यो बाँके जिल्ला कै गौरवको विषय हो । यसको संरक्षणको लागि सर्बप्रथम त जैविक विविधता संरक्षण आवश्यक छ । बाघ प्रकृति प्रेमी जनावर भएका कारण त्यसको लागि वातावरण अनुकुल हुनु पर्दछ ।अन्यथा प्रतिकुलताका कारण विस्तारै लोप हुने अवस्था हुन्छ । राज्यको अर्थतन्त्र पनि जोडिएको हुनाले यसको सरंक्षण आजको आवश्यकता हो । बाघ संरक्षणमा सबै जुटौं ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
बाघ संरक्षणमा हातेमालो
सावित्रा पुन
अध्यक्ष
मध्यवर्ती क्षेत्र उपभोक्ता समिति

९ औं अन्र्तराष्ट्रिय बाघ दिवस नेपाल भरी मनाईदै छ । विगतमा राष्ट्रिय स्तरमा मात्रै मनाईने दिवस पहिलो पटक निकुञ्ज क्षेत्रमा आएर मनाईएको छ । यसले गर्दा स्थानीय स्तरमा बाघ संरक्षणको लागि कस्ता चुनौती र समस्या छन् भन्ने जानकारी हुन्छ । दिवसको अवसरमा सहभागि स्थानीय र सरोकारवालाले आफ्नो समस्या राखेका छन् । आगामी दिनमा समस्या समाधानको लागि केन्द्र स्तरबाट सुनुवाई गर्ने काम भयो भने बाघ संरक्षणको अभियान झन बलियो भएर जान्छ । जहाँ सम्म बाँकेको पहिचारको रुपमा बाघ रहेको छ । यसलाई आर्थिक र पर्यटकीय दृष्टिकोणले पनि उपयुक्त गन्तव्यको रुपमा कामय गर्न सकियो भने । आर्थिक उपार्जन पनि हुन्छ । सबै भन्दा महत्वपुर्ण कुरा भनेको बाघ संरक्षण नै हो ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
सबै साथी मिलेर जनचेतना फैलाउ
हरिमाया डाँगी
विद्यार्थी

सानामा छदा किताबका माघका कुरा पढ्थ्यांै, बाघ भन्ने बित्तिक्कै डरलाग्दो जनावर हो भन्ने लाग्थ्यो मलाई । तर अहिले स्कुल, समुदाय र स्थानीयलाई साथी सँग बाघ संरक्षणको शिक्षा दिदै जान्छु । बाघको महत्व अहिले आएर थाहा पाएको छु । आफैलाई गौरव लाग्छ । बाघको संख्यामा बढ्नुमा हाम्रो पनि केही भुमिका छ जस्तो लाग्छ । अझै पनि बाघ संरक्षणको लागि जनचेतना फैलाउदै जाने छौ । सबै विद्यार्थी साथीहरुलाई पनि म आग्रह गर्न चाहन्छु । बाघ संरक्षणका लागि ।

प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६     8:57:42 AM  |