28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

व्यवसायीलाई विद्युतीय उर्जा प्रयोगबारे प्रशिक्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६  

कोहलपुर ।

बाँके र बर्दियाका निर्माण व्यवसायीहरुलाई विद्युतीय उर्जा प्रयोगका विषयमा प्रशिक्षण दिइएको छ । नेपाल उर्जा दक्षता आयोजना तेस्रो चरण अन्तर्गत यस क्षेत्रका निर्माण व्यवसायीहरुलाई जानकारी गराईएको हो । जनचेतनामुलक कार्यक्रममा सहभागी बाँके र बर्दियाका व्यवसायीलाई उर्जाको सही प्रयोगका फाईदा, यसबाट राज्यलाई पर्ने सकारात्मक प्रभाव र समस्याका विषयमा जानकारी गराईएको थियो ।

जनचेतनामुलक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल उर्जा दक्षता आयोजना तेस्रो चरणका डाक्टर उत्तम कुँवरले नेपालमा दक्षिण एसिया कै सबैभन्दा कम १ सय ८९ किलोवाट विद्युतीयको पहुँचमा रहेको बताए । अहिले नेपालले २२ प्रतिशत विद्युतीय उर्जा खपत गरिहेको उनले बताए । उनका अनुसार नेपालका नीजि क्षेत्रलाई राज्यको सहयोगी रुपमा विकास र विस्तार गर्नको लागि सबैका लागि उर्जा भन्ने ध्याय सहित अघि बढिरहेको बताईएको छ । यस्तै उर्जा दक्षता र करका विषयमा प्रदेश ५ का सबै जिल्लामा जनचेतना फैलाउदै आएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधि तिवारीले बताए । उनले घर देखी उद्योग सम्म विद्युत कम खपत गर्ने बारेमा पनि जनचेतना फैलाउदै आईरहेको बताए ।

विद्युतीय उर्जाको सुरक्षित प्रयोगका लागि आफैबाट शुरुवात गर्नु पर्नेमा अध्यक्ष तिवारीले जोड दिए । उनका अनुसार सरकारले लागु गरेका सामाजिक सुरक्षा कोषले निजि क्षेत्रमा अन्यौलता रहेको र आउँदो साउनबाट कडाईका साथ लागु गर्ने बताएकोले यसबारे व्यवसायीहरुलाई सचेत गराउनको लागि पनि जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागि बाँके र बर्दियाका निर्माण व्यवसायीहरुले कार्यक्रममा सिकेका कुरा व्यवहारमा लागु गर्नको आफ्नो क्षेत्रका व्यवसायीलाई आग्रह गर्ने बताएका छन् । कार्यक्रम नेपाल सरकारको सहयोग र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ र कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको थियो । कार्यक्रममा बर्दियाका ६ वटा र बाँकेका दुई वटा उद्योग वाणिज्य महासंघका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६     10:04:15 AM  |