25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

राष्ट्रिय कवड्डीको आज फाईनल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ४, २०७६  

बर्दिया ।
आठौं राष्ट्रिय खेलकुद अन्र्तगत बर्दियाको बाँसगढीमा जारी राष्ट्रिय कवड्डी प्रतियोगितामा आज फाइनल खेल हुनेछ । प्रतियोगितामा मंगलबार सेमिफाईनलका सबै खेलहरु सकिएका थिए । सेमिफाईनल पुरुष तर्फ ५ नम्बर प्रदेश र नेपाली सेनाको टिम फाईनलमा प्रवेश गरेको छ ।

महिला तर्फ नेपाल प्रहरी र नेपाली सेनाको टिम फाईनलमा प्रवेश गरेको जिल्ला खेलकुद संघ बर्दियाका अध्यक्ष खगेन्द्र प्रसाद खनालले जानकारी दिए । महिला तर्फको सेमिफाईनल खेलमा सुदुरपश्चिमलाई पराजित गर्दै नेपाली सेनाको टिम र ५ नम्बर प्रदेशको टिमलाई पराजित गर्दै नेपाल प्रहरीको टिम फाईनलमा पुग्न सफल भएको हो ।

आज हुने फाइनल खेल पुरुष तर्फ ५ नम्बर प्रदेश र नेपाली सेना तथा महिला तर्फ नेपाल प्रहरी र नेपाली सेना बिच हुनेछ । बाँसगढी नगरपालिका ४ मगरपुरमा निर्माणाधिन राष्ट्रिय कवड्डी हलमा राष्ट्रिय कवड्डी प्रतियोगिता भइरहेको छ ।

आज प्रतियोगितामा फाईनलका खेल सँगै पुरुस्कार बितरण समेत गरिने जिल्ला खेलकुद संघ बर्दियाका अध्यक्ष खनालले जानकारी दिए । प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट लगायत बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने बताइएको छ ।

प्रकाशित मितिः बुधबार, बैशाख ४, २०७६     6:41:23 AM  |